उपचारमा सहयोगी महिलामा कोरोना पुष्टि

उपचारमा सहयोगी महिलामा कोरोना पुष्टि

तानसेन : पाल्पामा पहिलो पटक घरमा बसेकी एक महिलामा विहीवार कोरोना संक्रमण पुष्टि भएको छ। तानसेन नगरपालिका-४ की ४० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

लुम्विनी मेडिकल कलेज प्रभास तानसेनमा आफन्तको उपचारमा सहयोगीको भुमिका खेलेकी ती ४० वर्षीय महिलामा कोरोना पुष्टि भएको हो। उपचारमा संगै सहयोगीको भुमिका खेलेका कोरोना संक्रमित श्रीमानको रिपोर्ट भने नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। विरामीलाई काठमाडौं रिफर गरिएपछि हेरचाहमा संलग्न व्यक्तिहरुको नमुना परिक्षण गरिएको थियो। पाल्पामा हालसम्म ५६३ जनामा कोरोना संक्रमण भएकोमा ५६० जना निको भएको १ जनाको मृत्यु भएको छ भने २ जना आईसोलेसमा उपचाररत रहेका छन्। पाल्पामा हालसम्म ४ हजार २ सय २३ जनाको पिसिआर परिक्षण भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.