कोरोनाले कपिलवस्तुका एक पुरुषको बुटवलमा मृत्यु
कपिलवस्तु : कपिलवस्तुका एक ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज मृत्यु भएको छ। मायादेवी गाउँपालिकाका ४२ वर्षीय रामकुमार चौधरीको कोरोना भाइरस संक्रमणले स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चौधरी तीन दिन अघि बुटवलस्थित प्रादेशिक अस्पताल पुगेका थिए। फोक्सोमा समस्या देखिएका चौधरीको सो अस्पतालको आईसीयुमा उपचार भइरहेको थियो।
कोरोना संक्रमणकै कारण यस अघि कपिलवस्तु नगरपालिका - २ का ४२ वर्षीय युवाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !