‘विप्लव’ समूहकी नेतृ भुजेल रिहालगत्तै पक्राउ

‘विप्लव’ समूहकी नेतृ भुजेल रिहालगत्तै पक्राउ

राजविराज : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहकी नेतृ ४१ वर्षीया उमा भुजेल ‘शिलु’पुनः पक्राउ परेकी छन्। भुजेलसँगै ‘विप्लव’ समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए। इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको छ।

प्रहरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाएको छ। पूर्व पोलिटव्युरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो। 

सुनसरीमा दुवै जनालाई तीनवटा मुद्दा चलाएकोमा अदालतले सबैमा साधारण तारखेमा रिहा गर्ने आदेश गरेको थियो। सुनसरी जिल्ला अदालत बाहिर निक्लने बितिक्कै प्रहरीले पक्राउ गरेको पौडेलको पारिवारिक स्रोतले बताएको छ। पक्राउ परेलगत्तै दुवै जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर सप्तरी प्रहरीलाई बुझाएको जनाइएको छ। सात महिनाको अवधिमा भुजेल पक्राउ परेको यो १२औं पटक हो। सरकारले नेकपामाथि ०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.