कोरोना संक्रमित तीन दिनदेखि क्‍वारेन्टाइनमै

कोरोना संक्रमित तीन दिनदेखि क्‍वारेन्टाइनमै

खाँदबारी : संखुवासभाका ३ जनामा कोरोना पोजिटिभ देखिएपनि ३ दिन वित्दा पनि उनीहरुको उपचारको टुंगो लागेको छैन । कोरोना भाइरस संक्रमितको उपचारमा आइसोलेसन अभावपछि उनीहरुलाई क्वारेन्टाइनमा नै राखिएको छ । मंगलबार एक प्रहरीसहित तीनजनामा कोरोना पुष्टि भएको थियो । 

संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन वार्ड भएपनि स्थानीयले अवरोध गरेपछि संक्रमितलाई क्वारेनटाइनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटी जानकारी दिए । प्रदेश सरकारले निर्माण गरेका सबै आइसोलेसन वार्ड भरिएपछि जिल्लामै राखेर उपचार गर्न भने पनि संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य छन् । स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार जिल्ला प्रहरी कार्यालयका २२ वर्षीय पुरुष, धर्मदेवी नगरपालिका-४ का ४३ वर्षीय पुरुष र चैनपुर नगरपालिका-११ का २४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा बनाएको १० बेडको आइसोलेसन प्रयोगका स्थानीयको विरोध पछि प्रयोगमा आउन नसकेको हो । सरकारले साउन २५ विद्यालय तथा क्याम्सबाट क्वारेन्टाइन तथा आइसोलेसन हटाउने निर्णय गरेपछि आइसोलेसन प्रयोगमा स्थानीले अवरोध गरेका हुन् ।

तयारी गरीएको आइसोलसन प्रयोगमा अवरोध भएपछि जिल्ला अस्पतालले खाँदबारी नगरपालिका-९ ढुङ्गे विसौनाको प्राथिमक विद्यालयमा आइसोलेसन निर्माण लगेको थियो । ढुङ्गेविसौनाका स्थानीयले समेत विरोध गरेपछि आइसोलेसन बनाउने स्थागित भएको छ । 

सरकारको निर्णय र स्थानीयको अवरोधका कारण अस्पतालले लाखौं खर्चेर खाँदबारीको हिमालय किरण क्याम्पसमा बनाएको आइसोलेसन वार्ड भने प्रयोगबिहीन छ । बरुण बहुमुखी क्याम्पसम निर्माण गरिएको क्वारेन्टाइन समेत हटाउन क्याम्पस प्रशासनले माग गरेको छ । 

विद्यालय, क्याम्पस र सामुदायिक भवनमा सरकारले आइसोलेसन नराख्ने निर्णय गरेपछि हिमालय किरण क्याम्पसमा बनाइको आइसोलेसन हटाउने तयारी गरीएको जिल्ला अस्पतालले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.