कोरोना स‌ंक्रमण देखिएपछि क्वारेन्टाइनबाट छाप्रोमा

कोरोना स‌ंक्रमण देखिएपछि क्वारेन्टाइनबाट छाप्रोमा

खाँदबारी : संखुवासभाका ३ जनामा सोमबार कोरोना पुष्टि भयो । बिहीबार साँझसम्म पनि उनीहरूलाई क्वारेन्टाइन नजिकैको एउटा छाप्रोमा राखिएको छ । संक्रमित ३४ वर्षीय पुरुषले बिहीबारै सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासो पोख्दै यस्तो स्टाटस राखेका छन्, ‘कोरोनाभन्दा मसानघाटको डर ।’

संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट निकालेर नजिकै रहेको छाप्रोमा सारेको ४ दिन भइसक्दा पनि स्वास्थ्य सेवा त के परामर्शसमेत नपाएको उनको गुनासो छ । आफू बसेको छाप्रो नजिकै शवदहन गरिरहेको भिडियो पनि उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । वैदेशिक रोजगारीबाट आएका २ पुरुषले पनि जस्ता र भाटाले बारेको छाप्रोमा ३ रात बिताइसकेका छन् । संक्रमितलाई खुवाइने खाना पनि सामान्य रहेको उनीहरूको गुनासो छ ।

धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष र चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमा रहेका २२ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ । २२ वर्षीय प्रहरी पनि जिल्ला प्रहरी कार्यालयको क्यारेन्टाइनमा नै छन् । संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन स्थापना भए पनि संक्रमितले जोखिमपूर्ण स्थानमा बास बस्नु परेको छ ।

नाम मात्रका आइसोलेसनका कारण संक्रमित असुरक्षित स्थापन बस्न बाध्य भएका संक्रमितहरूको गुनासो छ । संख्यात्मक रूपमा देखिएका आइसोलेसन वार्ड प्रयोग गर्ने समयमा प्रयोगविहीन बनेका छन् । आइसोलेसन निर्माणमा स्थानीयसँग समन्वय नहुँदा संक्रमण बढेको आशंकामा स्थानीयले आइसोलेसनको अबरोध गरेका हुन् । 

प्रदेश सरकारले निर्माण गरेका सबै आइसोलेसन वार्ड भरिएपछि जिल्लामै राखेर उपचार गर्न भने पनि संक्रमित क्वारेन्टाइन नजिकैको छाप्रोमा बस्न बाध्य छन् । जिल्ला अस्पतालले हिमालय किरण पब्लिक क्याम्पसमा बनाएको १० बेडको आइसोलेसनस्थानीयको विरोधपछि प्रयोगमा आउन सकेको छैन । सरकारले साउन २५ बाट विद्यालय तथा क्याम्पसबाट क्वारेन्टाइन तथा आइसोलेसन हटाउने निर्णय गरेपछि आइसोलेसन प्रयोगमा स्थानीयले अवरोध गरेका हुन् । 

यता बिहीबार साँझसम्म जिल्ला प्रशासन कार्यालय संखुवासभामा जिल्ला विपद् व्यवास्थापन समितिको बैठकले संक्रमितलाई आइसोलेसनमा ल्याउने निर्णय गरेको छ । बैठकले हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आइसोलेसनमा संक्रमितलाई राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । सुरक्षा व्यवस्थालाई बलियो बनाएर आइसोलेसन सञ्चालन गरिने र संक्रमितलाई बिहीबार रातिसम्ममा आइसोलेसनमा ल्याइने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.