आइसोलेसनको सामग्री तोडफोडपछि चोरी

आइसोलेसनको सामग्री तोडफोडपछि चोरी

खाँदबारी : संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आईसोलेसनको स्वास्थ्य सामग्री चोरी भएको छ। खाँदबारी–७, हिमालय किरण क्याम्पसमा आईसोलेसनको प्रयोगका लागि राखिएका सामग्री गएराति तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ। 

अस्पतालका मेसु सुन्दरश्याम झाकाअनुसार आईसोलेसनका करिब १५ लाख बराबरको सामाग्री चोरी भएको हो। अज्ञात समुहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायतका सामाग्री चोरी भएको अस्पतालका मेसु झाले जानकारी दिए।  

सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुष समेत कोरोना पुष्टिमा कोरोना पोजिटिभ देखिएको हो। उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण भएको आईसोलेसनमा ल्याउने विपद् व्यवस्थापनको निर्णयपछि स्थानीयले विरोध जनाउँदै आएका थिए। 

अहिले सोही आईसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए। तोडफोडपछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको छ। कोरोना पुष्टि भएको ४ औं दिनमा उनिहरुलाई आईसोलेसनमा राखिएको हो। प्रहरीले चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.