राजविराजका पूर्वउपप्रधानको निधन

राजविराजका पूर्वउपप्रधानको निधन

राजविराज : राजविराज नगरपालिकाका पूर्व उप प्रधानपञ्च मुरारीप्रसाद उपाध्यायको शुक्रबार निधन भएको छ। राजविराज नगरपालिका–७ निवासी ७६ वर्षीय उपाध्यायको उपचारका क्रममा काठमाडौंको ग्राण्डी हस्पिटलमा मृत्यु भएको उनको परिवारका सदस्यले जानकारी दिएका छन्। ज्वरो र निमोनिया भएपछि एक साता अघि उपचारका लागि उनी काठमाडौं गएका थिए।

बिद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उपाध्याय नेपाली काँग्रेस सप्तरीको क्षेत्रीय सभापति समेत बनेका थिए । वि.स. २०४३ साल चैतमा भएको स्थानीय तहको निर्वाचनमा राजविराजको चार वटा वडाको मतदानमा धाँधली भएको भन्दै उम्मेदवारहरुले गरेको अनसनलगायतको आन्दोलन सफल भएपछि ०४४ साल बैशाखमा पुनः भएको निर्वाचनमा उनी उपप्रधान पञ्चमा निर्वाचित भएका थिए। चार वटा बुथको मतदानमा धाँधली भएको भन्दै जारी १२ दिनको अनसन पछि ०४४ बैशाख ४ गते राजविराज नगरपालिकाको सबै १० वटा वडामा पुनः निर्वाचन भएको थियो।

विरामीको सेवा र अस्पतालमा कुरुवा बस्न २०२६ देखि २०७६ सालसम्म अग्रसर रहेका उपाध्याय निडर, क्रान्तिकारी र सामाजिक सेवभावका व्यक्ति भएको उनीसँगै प्रधानपञ्च बनेका गोबिन्द सिंहले बताए । मृतक उपाध्यायका श्रीमति, २ छोरा र ३ छोरी छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.