सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण

सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण

राजविराज : सप्तरीमा आइतबार दुई स्वास्थ्यकर्मीसहित १० जना संक्रमित थप भएका छन् ।    गजेन्द्रनारायण सिंह अस्पतालमा सप्तरीको १९० जनाको स्वाब परीक्षण गरिएकोमा १ महिलासहित १० जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जसमध्ये अस्पतालकै एक स्वास्थ्यकर्मी र गोइठी स्वास्थ्य चौकीमा कार्यरत एक अर्का स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् । संक्रमित हुनेमा राजविराज नगरपालिका– ५ का ४८ वर्षीय, तिरहुत गाउँपालिका– ४ का २९ वर्षीय, शम्भुनाथ नगरपालिका– ८ का ४१ वर्षीय, तिलाठी कोइलाडी गाउँपालिका– ३ का २५ वर्षीय, महादेवा गाउँपालिका–१ का ३० वर्षीय, वडा नम्बर– ५ का ३९ वर्षीय, खडक नगरपालिका–६ का ४६ वर्षीय, वडा नम्बर–११ का ३३ वर्षीय, वडा नखुलेको २५ वर्षीय पुरुष र बिष्णुपुर गाउँपालिका–१ की ३२ वर्षीया महिला छन् । सिरहाको २५ जनाको समेत आइतबार भएको परीक्षणमा ५ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पताल प्रशासनले जनाएको छ । 

सप्तरीको सप्तकोशी नगरपालिका–१ का ५२ वर्षीया महिला तथा बलान बिहुल गाउँपालिका–१ का २७ वर्षीय र वडा नम्बर–६ का ३८ वर्षीय पुरुषमा शनिबार संक्रमण पुष्टि भएको थियो ।  स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म सप्तरीमा ७२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५१५ जना निको भएका छन् भने २०६ जना उपचाररत छन् । संक्रमितमध्ये ५ पुरुषको मृत्यु भएको छ ।

संक्रमितमध्ये ७९ जना राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेशन केन्द्रमा, ३० जना तिलाठी कोइलाडी–२ लौनियास्थित पबिमाविस्थित आइसोलेशन केन्द्रमा र अरु होम आइसोलेसनमा छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले आइसोलेसनमा रहेका दुई जना संक्रमित पुरुषको अवस्था गम्भिर भएपछि अक्सिजन लगाएर राखिएको बताएका छन् । भेण्टिलेटरको अभावमा स्वास्थ्य स्थिती बिग्रिदै गएपछि शुक्रबार एक महिला र एक पुरुषलाई धरान पठाइएको थियो । संक्रमितसँगै हाल लक्षण भएका विरामीहरुको सङ्ख्या बढन थालेकोमा डाक्टर झाले चिन्ता गरे ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.