प्यूठानमा भदौ १८ गतेसम्म निषेधाज्ञा

प्यूठानमा भदौ १८ गतेसम्म निषेधाज्ञा

प्यूठान : स्थानीय तहअनुसार आ–आफ्नो क्षेत्रमा निषेधज्ञा हुँदै आएकोमा बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय प्यूठानमा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले पुरै जिल्लालाई निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकाले जिल्लालाई नै निषेधत्रा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । 
राती १२ बजेदेखि लागू हुनेगरी भदौ १८ गते राती १२ बजेसम्म सिल हुने भुसालले बताए ।

यसअघि कायम गरिएको भदौ १५ सम्मको यातायात बन्दलाई समेत १८ गतेसम्मलाई थप गरिएको छ । खाद्यन्न र दूध बोक्ने गाडीहरु बिहान ७ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म संचालन गर्ने निर्णय भएको प्रजिअ भुसालले जानकारी गराए ।

पछिल्लो पटक कोरोना पोजिटिभ व्यक्तिहरु समुदायस्तर, बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा देखिन थालेपछि संक्रमणको जोखिम बढ्दै गएको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ । 

हालसम्म जिल्लामा ४ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसमध्ये ३ सय ७६ जना निको भएर घर फर्किएका छन् । उपचारको क्रममा स्वर्गद्धारी नगरपालिका ७ का एक वृद्धको बुटवलमा कोरोनाकै कारण निधन भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार बिहानसम्म जिल्लाभर ६६ जना संक्रमित आइसोलेसनमा रहेका छन् । १ सय ६ जनाको पीसिआर रिपोर्ट आउन बाँकी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.