रुपन्देहीका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु
बुटवल : कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरूषको मृत्यु भएको छ । रूपन्देहीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो । प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृतक तिलोत्तमा नगरपालिका ४ का ती बिरामीको शुक्रबार बिहान मृत्यु भएको हो। स्वास्थ्यमा जटिलता भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो ।
प्रतिक्रिया दिनुहोस !