एम्बुलेन्सले नमानेपछि बिरामीलाई शव वाहनमा अस्पताल

एम्बुलेन्सले नमानेपछि बिरामीलाई शव वाहनमा अस्पताल

बुटवल : कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेपछि शव वाहनमा अस्पताल पुर्‍याइएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ४८ वर्षीया संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको हो।

संक्रमितका आफन्तले सुरुमा कोरोना विशेष अस्पताल बुटवलको एम्बुलेन्सलाई फोन गरे। एम्बुलेन्सले व्यस्त रहेको बताएपछि अन्य संघसंस्थाका एम्बुलेन्सका चालकलाई फोन हाने। तर कसैले पनि कोरोना संक्रमित बोक्न मानेनन्। ‘कोरोना पोजिटिभ बिरामी हो भन्नासाथ फोन काटे, कसैले बोक्नै चाहेनन्', संक्रमितका एक आफन्तले भने।

बुटवलमा आइसियु उपलब्ध नभएपछि उनलाई चितवन मेडिकल कलेज पुर्‍याउनु थियो। एम्बुलेन्सले नै नमानेपछि उनीहरु समस्यामा परे। आफन्तमार्फत अन्ततः शव वाहन फेला पारे। त्यो पनि चालक बिनाको। बुटवल उपमहानगरपालिकाले हालै खरिद गरेको शव वाहन संक्रमितकै छोराले चलाएर चितवन पुर्‍याए। ‘अन्य विकल्पै नभएपछि जिउँदो बुवालाई शव वाहनमा बोक्नु पर्‍यो', आफन्तले भने,‘सबैभन्दा ठूलो त ज्यान बचाउनु नै थियो।’ 

चितवन मेडिकल कलेजको आइसियुमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको छ। उनको परिवारमा दुई छोरासहित अन्य तीन जनामा समेत कोरोना संक्रमण भएको छ। कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमान्दा समस्या भएको छ। कोरोनाका बिरामी बढेसँगै बुटवलको अस्पतालको आइसियु भरिएका छन्। भैरहवामा आइसियु रहे पनि जनशक्ति नहुँदा चल्न सकेका छैनन्। 

एम्बुलेन्सले कोरोना संक्रमित बिरामी बोक्नै नमान्दा समेत प्रशासनले कुनै कदम चालेको छैन। दुई साता अघिमात्रै एक कोरोना संक्रमित गर्भवतीलाई एम्बुलेन्सले बोक्न नमान्दा उनीहरु निजी गाडीमा नेपालगञ्ज पुगेका थिए।‘बिरामी बोक्नका लागि कर छुटमा एम्बुलेन्स ल्याउने तर जोखिममा रहेका बिरामी नै नबोक्नु दादागिरी हो', कोराना संक्रमितका आफन्त भन्छन्। 

एम्बुलेन्स चालक संघ बुटवलका अध्यक्ष सुरज तिवारीले दुई वटा एम्बुलेन्स कोरोना बिरामी बोक्नकै लागि छुट्याइएको बताउँछन्। ‘दुई वटा गाडीले बोकिरहेका छन्, सबै गाडीमा कोरोना संक्रमित बोक्दा अन्य बिरामी बोक्न रिक्स हुन्छ', उनले भने, ‘अहिले अन्य गाडी नचलेकाले सामान्य बिरामी पनि एम्बुलेन्सले नै बोक्नु परेको छ।’

कोरोना संक्रमित बोक्ने एम्बुलेन्सका चालकलाई सरकारले बिमा र अन्य सुबिधा दिनुपर्ने माग चालकले गर्दै आएका छन्। पीपीईसमेत नभएकाले बिरामी बोक्न नसकिएको उनीहरुको भनाइ छ। रुपन्देहीमा मात्रै करिव ६० वटा एम्बुलेन्सले अहिले सेवा दिइरहेका छन्। कतिपय एम्बुलेन्स मर्मत गर्न नपाएर थन्किएको अध्यक्ष तिवारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.