विद्यालयको ढोका ढल्दा बालकको ज्यान गयो
राजविराज : रुपनी गाउँपालिका–४ मा रहेको विद्यालयको नवनिर्मित पर्खालको फलामे ढोकाले एक बालकको ज्यान लिएको छ । सोही विद्यायलमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय भुपेन्द्र प्रमाणीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए।
प्रहरीका अनुसार बालक शनिबार राति घर छेउको विद्यालय अगाडि खेलिरहेका थिए । अचानक विद्यालयको पर्खालमा जोडिएको मुख्य ढोका खसेर उनलाई किचेर उनको ज्यान लियो ।
रुपनी गाउँपालिका–४ का वडा अध्यक्ष छेदी इशरका अनुसार विद्यालय प्रांगणको पर्खालमा हालै मात्र नयाँ मुख्यद्वार जो्डिएको हो । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा बालकलाई पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको बुवा चन्द्रशेखर प्रमाणीले जानकारी दिए।
शव केही बेरअघि राजविराजस्थित गजेन्द्रनारायण सिहं अस्पतालमा पोष्टमार्टम का लागि लागिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !