कोरोनाले वीरगन्जमा रौतहटका एक जनाको मृत्यु
वीरगन्ज : वीरगन्जको कोभिड अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालमा आइतबार बिहान रौतटहको राजपुर तुलसीका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
मधुमेहका रोगी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ १२ गते वीरगन्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । कोभिड अस्पतालमै उपचारका क्रममा उनको आइतबार बिहान पौने ८ बजे मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।
यसअघि शनिबार बेलुकी पनि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा रौतहटकै गम्हरीया- ३ का संक्रमित ३० वर्षीय पुरुषको मृत्यु भएको थियो ।
वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ । साउन यतामा मात्रै ४६ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५० जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३६ जना, बाराका १० जना र रौतहटका ४ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !