कोरोनाबाट भरतपुरमा थप एकजनाको मृत्यु
चितवन : कोरोना संक्रमणका कारण चितवनमा फेरी एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहेका भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय वृद्धको सोमबार बिहान मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले बताए ।
योसँगै चितवनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनलाई पछिल्लो पटक श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो । भदौ ६ गते भरतपुर अस्पताल लगिएका उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस !