लापरवाहिले फैलिदै कोरोना

लापरवाहिले फैलिदै कोरोना

खाँदबारी : सरुवा भएर आउने र घर बिदाबाट फर्कने प्रहरीमा कोरोना देखिएसँगै संखुवासभामा कोरोना भाइरस फैलन सुरु भएको छ। २४ दिन अगाडि बहुविवाह मुद्धामा प्रक्राउ परेका एक महिला र पुरुषमा संक्रण देखिएसँगै प्रहरीबाटै कोरोना फैलिएको हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ। सोमबार जिल्ला प्रहरी कार्यालयका थप ७ सहित ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।

अन्य व्यक्तिसँगको प्रत्यक्ष भेटघाट हुन नसक्ने हिरासतमा रहेका थुनुवामा कोरोना पोजिटिभ देखिएपछि थप ससंकित बनाएको थियो। पक्राउ परेकाहरु सँग सावधानीपुर्वक अनुसन्धान नगर्दा कोरोना फैलिएको हुनसक्ने स्वास्थ्यकमीहरु बताउँछन्।  शुक्रबार प्रहरीसहित ५३ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो। 

विभिन्न मुद्धामा पक्राउ परेकाको पीसीआर परीक्षण नगरी एउटै कोठामा राख्दा संक्रमण बढेको आशंका गरिएको छ। थुनुवालाई अदालत लैजाने क्रममा मात्र उनीहरुको स्वाब संकलन गरिको थियो। २४ दिन अघिदेखि प्रहरी हिरासतमा रहेका २८ वर्षीय पुरुष र ३३ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएपछि ९ गते हिरासतमा रहेका अन्यको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। 

शनिबार आएको रिर्पोटमा पोजिटिभ देखिएका ६२ वर्षीय पुरुषलाई पनि पहिले देखिएका २८ वर्षीय पुरुष सँगै राखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सुचना अधिकारी सन्तोष कुमार राई जानकारी दिए। संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्लामा निषेधाज्ञासमेत जारी भएको छ। 

भाद्र २ गते जिल्ला प्रहरी कार्यालय संखुवासभाका २२ वर्षीय प्रहरीमा कोरोना पोजिटिभ देखिएसँगै प्रहरी हिरासतमा रहेका थुनुवामासमेत कोरोना पोजिटिभ देखिएको हो। त्यसैगरी जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमा रहेको भनिएका अन्य ३ जनामा समेत कोरोना देखिएपछि प्रहरीमा समेत सर्तकता अपनाइएको थियो। २६, २७ र २३ वर्षीय पुरुषमा बुधबार गरिएको परीक्षणमा संक्रमण देखिएको थियो। २२ वर्षीय प्रहरी सुनसरीबाट सरुवा भएका हुन् भने बाँकी ३ जना घर बिदाबाट सकिएर फर्किएका थिए। 
सोमबार आएको रिर्पोटमा प्रहरी कर्मचारी २२ वर्षीय २ जना, २३, २५,२७ र ४१ पुरुषमा कोरोना संक्रण देखिको हो। ६ जना प्रहरी र प्रहरीको परिवारका २२ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए। त्यसैगरी बरुण बहुमुखी क्याम्पस क्वारेन्टाइनमा रहेका २० र २६ वर्षीय पुरुषमा समेत संक्रण देखिएको छ।

हिमालय किरण पब्लिक क्याम्पसमा हरेको आइसोलेसन तोडफोडमा संलग्न रहेको अरोपमा पक्राउ परेका ५ जनामध्ये २ जनासमेत कोरोना पुष्टि भएको छ। ६० र ६२ वर्षीय पुरुषमा शनिबार कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटी जानकारी दिए। प्रहरी कार्यालयबाटै संक्रमण फैलिएको आशंकामा प्रहरी कार्यलयमा खाना पकाउने र थुनुवाहरुकालाई खाना पुर्‍याउनेहरुका स्वाब संकलन गरेको पठाइने उनले जानकारी दिए।
स्थानीय भने प्रहरीबाटै संक्रमण फैलिएको हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय शिल गर्नुपर्ने बताउँदै आएका छन्। विभिन्न आयोजनामा काम गर्न आउने कामदारलाई समेत रोक्ने पर्ने जिल्लावासीको माग रहेको छ।
प्रहरी कार्यालय भित्रै रहेका १० प्रहरी कर्मचारी र ४ थुनुवामा कोरोना पुष्टि भएपछि प्रहरीलाई समेत उच्च सर्तकतामा रहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आर्चायले बताए। खाँदबारीको सुरक्षामा जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा नरहेको प्रहरीलाई परिचालन गरिएको प्रजिअ आचार्यले जानकारी दिए। संक्रमितको सम्पर्क रहेका प्रहरी, आफन्तजनको पिसिआर रिर्पोटपछि मात्र कहाँबाट संक्रमण फैलिएको हो भन्ने थाहा हुने प्रजिअ आचार्यको भनाई छ।

कोरोना संक्रमितलाई खाँदबारीको आइसोलेसनमा राखिएको छ। आइसोलेसनमा रहेको १ प्रहरीसहित ४ जना निको भई शुक्रबार घर फर्किएका छन्। जिल्ला हालसम्म २६ जनामा कोरोना पुष्टि भइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.