संक्रमित बढेपनि सुनसरीमा बजार खोल्ने

संक्रमित बढेपनि सुनसरीमा बजार खोल्ने

इटहरी : सुनसरीमा कोरोना संक्रमित संख्या बढ्दै गएपनि सुनसरी प्रशासनले निषेधित क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको छ । बिहीबारदेखि बिहान १० बजेसम्म बजार खुल्ने भएको हो । साथै आवतजावतका लागि रिक्सा सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

कार्यालयले बुधबार जारी गरेको विज्ञप्तीअनुसार १८ गतेदेखि निषेधित क्षेत्र खुकुलो पार्न लागिएको हो । तर हाट बजार, भेला, कार्यक्रममा भने प्रतिबन्ध अझै कायमै छ । बजार र यातायात आंशिक खोलेपनि पर्याप्त सतर्कता अपनाउन आग्रह गरिएको छ । मास्क, स्यानेटाइजरलाई अनिवार्य गर्न भनिएको छ । यस्तै पसल तथा रिक्सालाई पटक पटक डिस्इन्फेक्सन गर्नुपर्ने शर्त राखिएको छ । 

लामो समयदेखिको बन्दाबन्दीका कारण समस्यामा परेका सर्वसाधारणलाई यो निर्णयले राहत दिने विश्वास गरिएको छ । प्रशासनले अनुमति नदिएपनि इटहरीका व्यवसायीहरुले बिहीबारदेखि बजार खोल्ने घोषणा गरेका थिए ।

व्यवसायी र प्रशासनले बजार खोल्ने निर्णय गरिरहँदा सुनसरीमा कोरोना संक्रमितहरुको संख्या भने दिनदिनै बढिरहेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार बुधबार मात्रै ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

तीमध्ये इटहरीमा मात्रै ५८ जना छन् । मंगलबार सुनसरीभरी ५६ जनामा कोरोना देखिएको थियो ।सुनसरीमा कोरोना संक्रमितको संख्या ८ सय ३० पुगेको छ । तीमध्ये ३ सय ८५ जना कोरोना मुक्त भएका छन् । ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.