दश वर्षअघि हत्यामा संलग्न पाँचजना पक्राउ

दश वर्षअघि हत्यामा संलग्न पाँचजना पक्राउ

बेनी : जिल्ला प्रहरी कार्यालय म्याग्दीले दश वर्षअघिको हत्यामा संलग्न पाँचजनालाई एकै दिन पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेका मालिका गाउँपालिका–४ चिउरीबोटका चार र मालिका–२ रुमका एकजनालाई पोखराको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका पाँचैजनालाई अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) किरनजंग कुँवरले जानकारी दिए ।  पक्राउ पर्नेमा २० वर्ष (जन्मकैद)को सजाय तोकिएका चिउरीबोटका २८ वर्षीय बलमान घर्ती, ३३ वर्षीय जिवन घर्ती र रुमका २९ वर्षीय तिथेन्द्र घर्तीमगर रहेका छन् । 

घटना हुँदाको समयमा बालबालिका भएका कारण आधा (१० वर्ष) कैद सजाय तोकिएका चिउरीबोटका २६ वर्षीय दुर्गाबहादुर घर्ती र दलप्रसाद पुन समेत पक्राउ परेका छन् । उनिहरु पोखराका विभिन्न स्थानमा भिन्न आवरणमा लुकिछिपी बसेका थिए । 

बिशेष टोलीले मंगलबार पक्राउ गरेर बेनी ल्याई अदालत बुझाएको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले बताए । ‘फरार प्रतिबादी पक्राउ अभियान अन्तरगत म्याग्दी प्रहरीलाई यो हालसम्मकै ठूलो सफलता हो,' उनले भने, 'पछिल्लो दुई महिनायता कर्तब्य ज्यान, डाकाचोरी, लागु औषध, सवारी ज्यान लगायतका मुद्दामा फरार १९ जना प्रतिबादी पक्राउ गरेका छौ ।'

२०६६ फागुन ११ गते तत्कालीन ओखरबोट गाविस–३ चिउरीबोटमा महाशिवरात्री पर्वको अवसरमा दाजुङ खोला युवा क्लवले आयोजना गरेको मेलामा भलिबल खेल हारेको रिसमा बागलुङको तत्कालीन तमान गाविस–८ का २१ वर्षीय नारायण छन्त्यालको हत्या गरेका थिए । 

यसअघि गत हप्ता २० वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका धवलागिरी गाउँपालिका–३ (साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रवल घर्तिलाई पक्राउ गरी कारागार चलान गरेको थियो । 

घर्ति समेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरी हत्या गरेको मुद्दामा अदालतले २० वर्ष (जन्मकैद)को फैसला सुनाएको थियो । पर्वत जिल्ला अदालतले सवारी ज्यान मुद्दामा २०६७ जेठ २४ गते तीन महिना पाँच दिन कैद सजायको फैसला गरेका मालिका गाउपालिका–७ बिमका २९ वर्षीय प्रकाश सुनार पनि गत हप्ता पक्राउ परेका थिए । 

दोषी ठहर गरेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पिडितले न्यायको अनुभूति गरेका छन् । जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा एक करोड ७ लाख २० हजार २४७ रुपैया जरिवाना असुल उपर गर्नुपर्नेमा ११ लाख ९५ हजार ८९८ असुल उपर भएको छ । 

एक हजार ४९ वर्ष सात महिना २९ दिन कैद सजाय असुल उपर गर्नुपर्नेमा १८८ वर्ष सात महिना २९ दिन बराबरको कैद असुल उपर भएको छ । प्रहरीको सक्रियताले फरार प्रतिबादीहरु पक्राउ परेकाले यो वर्ष फैसला कार्यान्वयनमा राम्रो लक्ष्य हाँसिल हुने देखिएको म्याग्दी अदालतका तहसिलदार धर्मराज सवेदीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.