कोरोनाले सप्तरीका दुई पुरुषको मृत्यु
राजविराज : सप्तरीका दुई जना पुरुष उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्प्तालमा बिहीबार मृत्यु भएको छ। स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजगढ गाउँपालिका–६ फकीरा स्थायी घर भई राजविराज नगरपालिका–७ मा बस्दै आएका ५० वर्षीय पुरुष र राजविराज नगरपालिका–७ का ५५ वर्षीय पुरुषको बिहीबार एक घण्टाको अन्तरालमा मृत्यु भएको हो।
भदौ ७ गते संक्रमित पुष्टि भएपछि छिन्नमस्ता अस्पताल राजविराजबाट रेफर भएका ५५ वर्षीय पुरुष कोभिड–१९ अस्पताल धरानमा भदौ ८ गते भर्ना भएका थिए। उनी १५ वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको र विरामीमा अल्परक्तको समस्या एवम् कमजोरी देखिएको चिकित्सकहरुले बताएका छन्।
राजविराजस्थित स्थानीय क्लिनिकपछि छिन्नमस्ता अस्पतालमा भर्ना भएका ५० वर्षीय पुरुष बिहीबार विहान रेफर भएपछि धरान भर्ना भएका थिए। धरानमा बिहीबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको मृतकका परिवारका सदस्यले बताए। चिनी रोगबाट पीडित उनी लगातार ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार अस्पताल भर्ना भएका थिए । मृतक ५० वर्षीय पुरुष नेपाल टलिकम राजविराजका अधिकृत हुन्। योसमेत सप्तरीमा मृत्यु हुनेको संङ्ख्या ८ पुगेको छ। जसमा १ जना महिला छन्। दुबै जनाको शव धरानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस !