बुटवलमा कोरोना संक्रमित दीर्घरोगी महिलाको मृत्यु
![बुटवलमा कोरोना संक्रमित दीर्घरोगी महिलाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-child_20200814105739_XMfTffw5ej.jpg)
भैरहवा : रुपन्देहीको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा दीर्घरोगबाट ग्रस्त एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह, मृगौला र निमोनियाले ग्रस्त रहेकी सिद्धार्थनगर नगरपालिका– ७ की ६४ वर्षीया महिलाको भेन्टिलेरटमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल प्रेस विज्ञप्ती जारी गरी जनाएको छ ।
अस्पतालका अनुसार महिला भदौ ४ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई सोही दिनदेखि आइसीयूमा राखेर उपचार गर्ने क्रममा भदौ १५ गते स्वाब संकलन गरको थियो। कोभिड १९ परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । तर, उनको मृत्यु कोरोना संक्रमणले भएको वा अन्य कुनै कारणले त्यो खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)