सप्तरीमा न्यायाधीशसहित १८ जनामा कोरोना संक्रमण

सप्तरीमा न्यायाधीशसहित १८ जनामा कोरोना संक्रमण

राजविराज : जिल्ला न्यायाधीशसहित सप्तरी जिल्ला अदालतका चारजना र विद्युत प्राधिकरणका ३ जना कर्मचारीमा आइतबार कोरोनाको संक्रमण देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा आइतबार गरिएको परीक्षणअनुसार जिल्ला अदालतका ५२, ३४, २५ वर्षीय र उमेर नखुलेका गरी चार जनामा कोरोना पोजिटिभ देखिएको हो ।

जिल्ला अदालतका पाँचजनाले पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा न्यायाधीश, न्यायाधीशका सुरक्षा गार्ड र दुईजना कर्मचारी संक्रमित भएको अदालतले जानकारी दिएको छ । अदालतमा कार्यरत अन्य कर्मचारीमा समेत ज्वरो र रुघाखोकी देखिएको छ ।

यसैगरी आइतबार नेपाल विद्युत प्राधिकरणमा कार्यरत तीनजना पुरुष कर्मचारी र ३३ वर्षीय प्रहरी समेत संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका–२ का २२ वर्षीय पुरुष र १४ वर्षीया महिला, राजविराज ४ का ७० वर्षीय पुरुष, राजविराज– ७ का २७ वर्षीय र राजविराजको वडा नखुलेका ३५ वर्षीया महिला संक्रमित भएका छन् । 

तिलाठी कोइलाडी–१ का १७ वर्षीय, वडा नम्बर–२ का २८ वर्षीय, वडा नम्बर ६ का ६४ वर्षीय, वडा नम्बर ७ का २९ वर्षीय पुरुष र वडा नम्बर–३ की २७  वर्षीया महिला समेत आइतबार संक्रमित भएका छन् । संक्रमितहरुको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पुष्टि गर्ने तयारी गरेको छ ।

यसअघि शनिबार सप्तरीका १० महिलासहित २८ जना संक्रमित हुनेमा तिरहुत गाउँपालिका तथा राजविराज र बोदे बरसाईन नगरपालिकाका हुन् । उनीहरुमध्ये तिरहुत गाउँपालिका– २ मा सात महिला र आठ पुरुष तथा वडा नम्बर– १ मा एक जना पुरुष गरी १६ जना थपिएका हुन् ।

अन्यमा राजविराज नगरपालिका– ३ का एक जना पुरुष, वडा नम्बर–४ का दुई महिला र एक जना पुरुष, वडा नम्वर– ५ का एक पुरुष, वडा नम्वर– ८ का एक महिला र तीन जना पुरुषमा संक्रमण देखिएको हो ।

यसैगरी, बोदे बरसाईन नगरपालिकामा– ६ का दुई जना र वडा नम्वर– ८ का एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । सप्तरीमा आइतबारसम्म संक्रमितको संख्या ९१६ पुगेको छ । जसमा १४४ महिला छन् । संक्रमितमध्ये हालसम्म ९५ महिला र ५६९ पुरुष गरी ६६४ जना निको भएर घर फर्किएका छन् । एक महिलासहित आठ संक्रमितको मृत्यु भएको छ । सप्तरीमा हाल २४४ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.