कुटपिटबाट युवकको मृत्यु

कुटपिटबाट युवकको मृत्यु

गुल्मी : जिल्लाको इस्मा गाउँपालिका– २ हस्तिचौरका एक युवाको कुटपिटबाट मृत्यु भएको छ । इस्मा गाउँपालिका–१ हस्तिचौरको छिन्नाखोलामा होटेल सञ्चालन गर्दै आएका २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । मोती र उनका दाजु यमबहादुर कुँवरले होटेल सञ्चालन गर्दै आएका थिए ।

आफू ९ बजे घर गएको र सोमबार बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्ये फेला पारेको यमबहादुर कुँवरले बताए । कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ । 

उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको थियो । 'अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो, अस्पतालले मृत्यु घोषणा मात्रै गरेको हो, 'गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले भने, 'बाटोमै ज्यान गएको हुनुपर्छ ।'

अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली घटनास्थल गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.