प्रहरीको गाडीको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

प्रहरीको गाडीको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

रौतहट : नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मंगलबार राती करीब ९ बजे चन्द्रपुर ४ स्थित लमहापुलतर्फ पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा रौतहटको कटहरीया नपा ७ बगहिटोलका ६० वर्षीय नथुनी महत्तोको ज्यान गएको छ । सोही गाउँका ४५ वर्षीया हसन्तरा खातुन र सर्लाही बलराका ५५ वर्षीय जगदिश महतो घाइते भएका छन् ।

नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको ना १ ग ४७९ को वानटनले ठक्कर दिएको प्रहरीले जनाएको छ । वानटन चालक प्रहरी हवल्दार सन्तबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.