बारीमा काम गर्दागर्दै पहिरोले पुरिएर एक जना बेपत्ता
बागलुङ : बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर शुक्रबार एक युवा वेपत्ता भएका छन्। निरन्तरको वर्षाका कारण माथिबाट खसेको पहिरोले पुरिएर बडिगाड गाउँपालिका–१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर बेपत्ता भएका हुन्।
घर्ती शुक्रबार बिहान घर नजिकैको बारीमा तरकारी खेतीको काम गर्दै गर्दा माथिबाट एक्कासी खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए। बेपत्ता युवकको स्थानीयको सक्रियतामा खोजी कार्य जारी छ। भिमगिठे प्रहरी चौकीबाट पनि उद्दारका लागि प्रहरी खटाइएको प्रहरी निरीक्षक रिजालले बताए
प्रतिक्रिया दिनुहोस !