२४ घण्टामा प्रदेश १ मा तीन कोरोना संक्रमितको मृत्यु
विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ। मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो सँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
प्रदेश १ मा शनिबार ७७ जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा शनिबार ४६ जनामा संक्रमण देखिएको छ। २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। मोरङको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिलामा कोरोना पुष्टि भएको छ र
सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ।
प्रदेश १ मा शनिबार ३६ जना डिस्चार्ज भएका छन्। कालि सदन आईसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ।
प्रदेश १ मा शनिबार १ हजार २ सय १२ जनाको पीसीआर परीक्षण भएको छ। परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। मन्त्रालयका अनुसार हाल सम्म प्रदेशमा १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !