सप्तरीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

सप्तरीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

राजविराज : सप्तरीका मृगौला पीडित एक पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। स्वास्थ्य कार्यालय सप्तरीका अनुसार खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्प्तालमा मृत्यु भएको हो।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा डायलासिस सेवा लिइरहेका मृतकसहित मृगौला पीडित ६ जनाको सोमबार संक्रमित पुष्टि भएको थियो। डायलासिस सेवा लिइरहेका १ बिरामी र १ नर्समा भदौ २० गते संक्रमण देखिएपछि अन्य बिरामीहरुको पनि पीसीआर परीक्षण गरिएको थियो। 

सोमबार संक्रमित पुष्टि भएकामध्ये ३५ वर्षीय युवकको अवस्था गम्भीर बने पछि मङ्गलबार राजविराजबाट धरान रेफर गरिएको राजविराजस्थित अस्पतालले जनाएको छ। प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले कोरोना पोजिटिभ देखिएका युवकलाई मङ्गलबार प्रतिष्ठान भर्ना गरिएकोमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको बताए। हप्तामा दुई पटक नियमित डाइलसिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या थियो।

युवकको बिहान मृत्यु भएसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ। उनको शव धरानमा रहेको छ। धरानबाट शव ल्याउन खडक नगरपालिकाको एम्बुलेन्स पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। नेपाली सेनाले खडक नगरपालिका भित्र शवको व्यवस्थापन गर्ने यादवले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.