डोल्पामा वडाध्यक्षसहित चार जनामा कोरोना संक्रमण
डोल्पा : एक वडा अध्यक्षसहित चार जनामा कोरोना संक्रमण देखिएको छ। मुड्केचुला गाउँपालिका एक वडा अध्यक्षसहित दुई जना र जिल्ला बाहिरका दुई जना गरेर चार जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए।
गाउँपालिकामा टावर निर्माणका लागि नेपालगञ्जबाट आएको र एक जना दिदि पुर्याउनका लागि जाजरकोटबाट आएको पाईएको र उनीहरुबाटै कोरोना फैलिएको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ। जिल्ला बाहिरका दुई संक्रमित एक वडा अध्यक्ष र एक गाउँपालिकामै बसेका नागरिक संक्रमित भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। प्रजिअ सुनारले भने संक्रमितहरुलाई कुनै पनि लक्षण नदेखिएको र उनिहरुलाइ छुट्टै आईसोलेसन बनाएर राख्ने तयारी भइरहेको बताए।
संक्रमित चार जना मध्ये एक जना त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने खदाङ्ग क्वारेन्टाइनमा राखिएको र दुई जना रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी क्वारेन्टाइनमा राखिएको छ। बाँकी एक जना संक्रमित वडा अध्यक्ष काम विशेषले सुर्खेतमा रहेको प्रशासनले जनाएको छ। उनिहरुसँग सम्पर्कमा रहेका सबैलाई पहिचाहन गरेर परिक्षण गर्ने तयारी भइरहेको प्रजिअ सुनारले बताए। केही दिन अघि स्वाब संकलन गरेर परीक्षण गराउँ रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ। यस अघिसम्म डोल्पा कोरोना संक्रमणमुक्त थियो।