सप्तरीमा संक्रमित महिलाको मृत्यु, शव अझै उठेन

सप्तरीमा संक्रमित महिलाको मृत्यु, शव अझै उठेन

राजविराज : सप्तरीमा आइतबार दिउँसो संक्रमण पुष्टि भएकी एक महिलाको मृत्यु भएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत बिष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको संक्रमण रिपोर्ट आएको केही घण्टामा नै मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाले बताए। 

रातभरि आइसोलेसन केन्द्रमा रहेको संक्रमितको शव अझै उठेको छैन। मृतकका परिवार शव व्यवस्थापनको प्रतिक्षामा अस्पताल परिसरमा बसेका छन्।
कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि २०७६ अनुसार शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनु पर्ने उल्लेख छ। कोरोना संक्रमितको मृत्यु भएमा शवलाई सम्बन्धित स्थानीय तहको भौतिक सहयोगमा नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ। 

बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यक पर्ने गाउँपालिकाको जेसिभी सर्भिसिङ्गमा भएकाले व्यवस्थापन गर्न समस्या भएको बताए। अन्य स्थानीय तहसँग माग्दा पनि जेसिभी उपलब्ध नभएको उनले बताए। गाउँपालिका अध्यक्ष यादवले शव व्यवस्थापनको प्रयास भइरहेको र सोमबार मृतककै गाउँ मुसहरनियामा शव व्यवस्थापन गरिने बताए।
    
रुघा, खोकी र ज्वरोले ग्रसित भएपछि गत शुक्रबार महिला गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी थिइन्। अस्पतालको छुट्टै वार्डमा राखेर उनको उपचार भइरहेको थियो। रिपोर्ट पोजिटिभ आएपछि आधा किलोमिटरको दुरीमा रहेको आइसोलेसन केन्द्र पुर्‍याए लगत्तै अपरान्ह मृत्यु भएको अस्पतालले जनाएको छ। स्वयम् एम्बुलेन्स चढेर बसेकी उनी आइसोलेसन केन्द्र पुग्दा स्वास प्रस्वासमा अत्यधिक समस्या देखिएको आइसोलेसन केन्द्रका चिकित्सकले जानकारी दिए। 

महिलाको मृत्यु भएसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या २ महिलासहित १० जना पुगेको छ। अस्पतालको आकस्मिक कक्षमा भर्ना रहेकी उनीसहित २४ जनामा आइतबार कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्ला प्रहरी कार्यालयका २६ वर्षीय २ जना प्रहरी, भिम दल गणका ३१ वर्षीय सैनिक, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर २, जनकपुरधामका कर्मचारी राजविराज नपा–५ का ४३ वर्षीय पुरुषसहित २४ जनालाई कोरोना संक्रमण देखिएको छ।
    
राजविराज नगरपालिका–१ का १६ र ५० वर्षीया महिला, राजविराज–२ का ५३ वर्षीय पुरुष, राजविराज–६ का २२, २३, ३१ र ३४ वर्षीय पुरुष, २२, ३०, ३१, ४०, ६० र ६५ वर्षीया महिला र राजविराज–८ का ५८ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन्।
    
यस्तै, रुपनी गाउँपालिका–२ का ३२ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–६ का २७ वर्षीय पुरुष, वडा नम्बर–७ का ३०, ३५ र ४७ वर्षीय पुरुषलाई समेत संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २०१ पुगेको निमित्त प्रमुख यादवले बताए। यादवका अनुसार ८०२ जना निको भएर घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.