कोरोना रोकथाममा म्याग्दीका स्थानीय तहको साढे तीन करोड खर्च

कोरोना रोकथाममा म्याग्दीका स्थानीय तहको साढे तीन करोड खर्च

बेनी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीका स्थानीय तहले साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । 

बेनी नगरपालिका र ५ वटा गाउपालिकाले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन करोड ५८ लाख रुपैयाँ खर्च भएको हो । कुल खर्चको आधा भन्दा बढी रकम राहत खाद्यान्न वितरणमा भएको छ । स्थानीय तहको सहयोगमा बेनीको शैक्षिक तालिम केन्द्रमा २० बेड क्षमताको आइसोलेसन निर्माण भएको छ । 

विदेशबाट आएका र भारतीय सीमा नाकामा अलपत्र परेकालाई गाडीको व्यवस्था गरेर बेनी ल्याइ क्वारेन्टिनमा राख्ने, खाद्यान्न राहत वितरण, स्वास्थ्य सामग्री खरिद, स्वयमसेवक परिचालन गरेर स्वास्थ्य सुरक्षा मापदण्ड र लकडाउनको कार्यान्वयन गराउने, सीमा नाकामा चेकजाँच र गाउँमा सन्देशमुलक कार्यक्रम सञ्चालन गरेका छन् ।

बेनी नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा एक करोड ३७ लाख तीस हजार ३७३ रुपैयाँ ८१ लाख ३३ हजार ११२ रुपैयाँ खर्च र ५५ लाख ९७ हजार २६१ रुपैयाँ खर्च भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताए ।  

क्वारेन्टिन निर्माण, बन्दोबस्तिका सामान ब्यवस्थापन र क्वारेन्टाइनमा बसेका २१२ जनाको खानामा १३ लाख ५८ हजार ७९८ रुपैयाँ, एक हजार ३८२ परिवारलाई राहत वितरणमा २९ लाख ४४ हजार ६१७, दश वटै वडामा पाँच पाँच जनाका दरले परिचालन भएका स्वमसेवकलाई खाना तथा खाजाका लागि दैनिक पाँच सय रुपैयाँका दरले दुई लाख ७१ हजार ६०० रुपैयाँ खर्च भएको छ । 

यसैगरी भारतबाट सिमा नाकामा आएका र विदेशबाट काठमाडौंको होल्डिङ सेन्टरमा आएका १६७ जनालाई बेनी ल्याउन यातायात भाडा वापत तीन लाख पाँच हजार ३४९, शैक्षिक तालिम केन्द्रको भवनमा दश शैयाको आइसुलेशन बनाउन १७ लाख ८३ हजार र स्वास्थ्य सुरक्षाका सामग्री तथा औषधी खरिदमा १५ लाख ६५ हजार ९६३ रुपैयाँ खर्च भएको प्रवत्ता बराइलीले बताए । 

अन्नपूर्ण गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदीका अनुसार कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहत वितरणमा ४६ लाख ५८ हजार ६०५ रुपैयाँ खर्च भएको छ । 

गाउपालिकाको कोरोना कोषमा ९४ लाख ४९ हजार २०६ रुपैयाँ जम्मा भएको थिए । कोरोना कोषमा ४६ लाख १९ हजार ६०१ रुपैयाँ मौज्दात रहेको छ । कोषमा गाउपालिकाले सत्तरी लाख रुपैयाँ बिनियोजन गरेको थियो । 

प्रदेश सरकारले पाँच लाख, गाउँपालिकामा कार्यरत कर्मचारीबाट एक लाख ४६ हजार ८११, शिक्षक कर्मचारीबाट सात लाख ८७ हजार ३९५, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको दश लाख र पश्चिम नेपाल सहकारीले पन्ध्र हजार जम्मा भएको थियो । 

रघुगंगा गाउँपालिकाले २०७६ चैत देखि २०७७ असार महिनासम्म कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड १० लाख ६६ हजार २५ रुपैयाँ आम्दानी र ७४ लाख ६९ हजार १०२ रुपैयाँ खर्च भएको जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार कोषमा गाउपालिकाका विभिन्न योजना तथा कार्यक्रमबाट रकमान्तर गरेर ७० लाख ५१ हजार ७५०, स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमबाट रकमान्तर भएर २७ लाख ९० हजार ४३ रुपैयाँ जम्मा भएको थियो । 

यसैगरी गण्डकी प्रदेश सरकारले पाँच लाख, गाउँपालिकाका शिक्षकहरुले पाँच लाख ७२ हजार ४५६, कर्मचारीहरुबाट एक लाख ३६ हजार ७७६ र पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट पन्ध्र हजार रुपैयाँ जम्मा भएको थियो । 

सबैभन्दा बढी कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीमा रोजगारी गुमेका र विपन्नलाई खाद्यान्न राहत वितरणमा ४१ लाख छ हजार ४५६ रुपैयाँ खर्च भएको छ । 

मंगला गाँउपालिकाले कोरोना (भाइरस) रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा ५९ लाख ५३ हजार ९०४ रुपैयाँ खर्च भएको बिवरण सार्वजनिक गरेको छ । कोरोना कोषमा ६४ लाख तीस हजार १२२ रुपैयाँ आम्दानी थियो । गाँउपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा कोरोना कोषमा चार लाख ७६ हजार २१८ रुपैया बचत भएको छ । 

मंगलाले कोरोना कोषमा ४५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । नेपाल सरकारबाट दुई लाख ६७ हजार ८२५, प्रदेश सरकारबाट पाँच लाख, शिक्षक कर्मचारीहरुबाट चार लाख बीस हजार ९४३, निर्वाचन क्षेत्र पुर्बाधार बिकास साझेदारी कार्यक्रमको चार लाख १८ हजार १५४ र संघ संस्था तथा ब्यक्तिहरुबाट तीन लाख २३ हजार २०० रुपैयाँ सहयोग प्राप्त भएको थियो । 

मालिका गाँउपालिकाले कोरोना कोषमा ९१ लाख ९९ हजार ५७० रुपैयाँ आम्दानी, ५७ लाख ३९ हजार २४३ रुपैयाँ खर्च र ३४ लाख ६० हजार ३२७ रुपैयाँ खर्च भएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माका अनुसार कोरोना कोषमा ८० लाख रुपैया बिनियोजन गरेको मालिकालाई प्रदेश सरकारले पाँच लाख पठाएको थियो ।

गाँउपालिकाका कर्मचारीहरुबाट एक लाख २४ हजार ७३५, शिक्षकहरुबाट पाँच लाख २९ हजार ८३५, उन्नति लघुबित्तले २५ हजार, सुर्योदय लघुबित्तले दश हजार र धौलागिरी लघुबित्तले दश हजार रुपैयाँ सहयोग गरेका थिए । 

धवलागिरी गाउपालिकाले कोरोना (भाइरस) रोकथाम तथा नियन्त्रणमा आर्थिक वर्ष २०७६/०७७ मा कुल ३९ लाख २३ हजार ६९६ रुपैयाँ खर्च भएको जनाएको छ ।  

क्वारेन्टाइनमा पाँच लाख छ हजार ९८४, खाद्य बैंक स्थापनामा ९३ हजार, राहत वितरणमा १८ लाख ३१ हजार ९९९, औषधी खरिदमा छ लाख ९३ हजार ७३१ र युवा परिचालनमा सात लाख ९८ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए ।  

एक हजार चार सय भन्दा बढीको स्वाबको नमुना संकलन गरिएको म्याग्दीमा गत बुधबारदेखि कोरोना (भाइरस)का सक्रिय संक्रमितको संख्या शून्य छ । विदेशबाट आएर क्वारेन्टिनमा बसेका ४८ र पोखराबाट सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । 

आर्थिक वर्ष २०७७/७८ का लागि पुजिगत तर्फ ८८ करोड ६३ लाख ७५ हजार ८९ बजेट भएका स्थानीय तहले कोरोना रोकथाम सहित विपद् व्यवस्थापन कोषमा सात करोड २७ लाख बिनियोजन गरेका छन् । 

कोरोनाका कारण विदेश र सहरबाट फर्किएर कृषि, पशुपालन, जडिवुटी खेति र लघुउद्यम गर्नेलाई अनुदान दिने कार्यक्रम बनाएको धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । 

सार्वजनिक यातायात र अन्तराष्ट्रिय उडान खुलेसँगै कोरोना भाइरस नियन्त्रणमा बढेको चुनौति सामना गर्नका लागि स्थानीय तहको थप सक्रियता तथा समुदायको साथ र सहयोग आवश्यक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.