३७ केजी चरेशसहित दुई महिला पक्राउ
कपिलवस्तु : नेपाल भारत सीमा क्षेत्रको कृष्णनगर भन्सार नाकामा ३७ केजी लागू औषध चरेससहित २ महिला पक्राउ परेका छन्।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका-९ की ४० वर्षीया शान्ति तामाङ र रोल्पा जिल्ला भएर हाल कपिलवस्तुको शिवराज नगरपालिका-९ बनियाभार बस्ने ३५ वर्षीया वस्ती घर्ती रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
कृष्णनगर बसपार्कबाट भन्सार गेट हुँदै भारततर्फ जाँदै गर्दा उनीहरुको शंकास्पद गतिविधि देखेर सोधपुछ तथा खानतलासी गर्दा उनीहरुको साथबाट ३७ केजी लागू औषध चरेश बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।
दुवै जनाले आफूसँग भएको २ सुटकेश र अन्य ४ झोलामा लागू औषध लुकाएर राखेका थिए।
प्रहरीले पत्रकार सम्मेलन गरेर बुधबार दिउँसो उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ परेका दुवै जनालाई लागू औषध ऐन २०३३ को कसुर अन्र्तगत मुद्दा चलाउने प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !