गुल्मीमा पहिरोले विस्थापित
गुल्मी : तीनदेखी लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा जिल्लाका तीन परिवारका १३ जना विस्थापित भएका छन्। जिल्लाको सत्यवती गाउँपालिका-६ वाँसपाटाका ठानेश्वर भुषालको घर पहिरोको जोखिममा रहेकाले ६ जनालाई नजिकैको गोठमा सारिएको प्रहरीले जनाएको छ।
त्यस्तै सोही गाउँपालिका-६ नेटास्थित तुल्सी थापाको घर जोखिममा रहेकाले २ जनालाई स्थानीयको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार छत्रकोट गाउँपालिका-५ आमपोखरी बस्ने लाल कुमारी घर्तीको घरमाथीबाट पहिरो खसेकाले ५ जनालाई स्थानीयको घरमा सारिएको छ।
यस्तै अविरल वर्षाका कारण जिल्लाका रिडी-रुद्रवेणी सडक र तमघास-रिडी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !