९८ वर्षीय वृद्धसहित १४ अभियुक्त पक्राउ

९८ वर्षीय वृद्धसहित १४ अभियुक्त पक्राउ

राजविराज : प्रहरीले सप्तरी जिल्ला अदालतबाट फैसला भइ फरार रहेका १४ जना अभियुक्तलाई एकै दिन पक्राउ गरेको छ । दण्डहीनताविरूद्धको अभियानअन्तर्गत सप्तरी जिल्ला अदालतबाट कैद तथा जरिवाना फैसला भएका अभियुक्त पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता एवम् डिएसपी तिलक भारतीले बताए ।

पक्राउ पर्नेमा ३५ वर्षदेखि ९८ वर्षसम्मका अभियुक्त रहेका छन् । सप्तरी प्रहरीका अनुसार कुटपिट मुद्दामा फरार राजविराज–१ का ९८ वर्षीय उतिमलाल यादव, ज्यान मार्ने उधोग र कुटपिट मुद्दामा राजविराज–९ का ७६ वर्षीय झौली नुनिया, लुटपिट मुद्दामा राजबिराज–१ का ७५ वर्षीय गोसाई यादव पक्राउ परेका छन् । उतिमलालविरुद्ध अदालतले २०६९ माघ १८ गते, नुनियाविरुद्ध २०५१ माघ २९ गते र गोसाईविरुद्ध २०६९ वैशाख १८ गते फैसला गरेको थियो ।

अन्य पक्राउ पर्नेमा कुटपिट अंगभंग मुद्दाका फरार राजविराज–९ का सुबंश साह र उनकी श्रीमती लिलावती साह रहेका छन् । कुटपिट मुद्दामा राजविराज–१ का ४५ वर्षीय शंकरकुमार यादव र उनका भाइ ३५ वर्षीय लक्ष्मण यादव पनि पक्राउ परेका छन् । साह दम्पतिविरुद्ध अदालतले २०७० मङ्सिर १७ गते र यादव दाजुभाइविरुद्ध २०६९ वैशाख १८ गते फैसला सुनाएको थियो । 

यसैगरी कुटपिट मुद्दामा राजबिराज–१ का शत्रुधन यादव, सोही वडाका ३० वर्षीय लक्ष्मी यादव, राजविराज–९ का ४४ वर्षीय गुलाबलाल दास, सोही वडाका ४५ वर्षीय जुक्ति यादव र ६६ वर्षीय सुबी यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।     

शत्रुधन र लक्ष्मीविरुद्ध अदालतले २०६९ वैशाख १८ गते, गुलाबविरुद्ध २०७१ असार १३ गते, जुक्तिविरुद्ध २०६६ माघ १८ गते र सुबीविरुद्ध २०६६ वैशाख ९ गते फैसला गरेको थियो ।

केही सार्वजनिक अपराध मुद्दामा अदालतको ०७३ साउन १३ गतेको फैसलाबमोजिम राजबिराज नगरपालिका–१ का ४८ वर्षीय बडेलाल यादव र जालसाजी मुद्दामा ०६७ चैत १६ गतेको फैसलाबमोजिम राजबिराज–६ का ५६ वर्षीय झबर यादव पक्राउ परेको डिएसपी भारतीले बताए । 

अदालतबाट कैदसजाय र जरिवानाको फैसला भएपनि फैसला कार्यान्वयन नगरी घरमै लुकिछिपी बसिरहेका उनीहरूलाई इन्स्पेक्टर सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि बिहीबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.