सप्तरीमा कोरोनाबाट थप एकको मृत्यु
राजविराज : कोरोना संक्रमित राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भदौ २५ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११ बजे मृत्यु भएको उनका छोराले जानकारी दिए । शव धरानमै रहेको छ । मृतक रक्तचापका बिरामी थिए ।
परिवारका सदस्यले दिएको जानकारी अनुसार श्वासप्रश्वासमा समस्या भएपछि १२ दिन अघिदेखि उनी धरानमा उपचाररत रहेका थिए । उनका जुम्ल्याहा दाजुको श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा भदौ १३ गते सप्तरीको भारदहस्थित बाटोमा मृत्यु भएको थियो ।
योसँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमा २ जना महिला छन् ।
प्रतिक्रिया दिनुहोस !