बेपत्ताको खोजिमा गएका दुईजना बाघको आक्रमणबाट घाइते

बेपत्ताको खोजिमा गएका दुईजना बाघको आक्रमणबाट घाइते

रौतहट : बाघको आक्रमणबाट मंगलबार राती रौतहटको चन्द्रपुरका दुईजना युवक घाइते भएका छन् । मंगलबार दिउँसोदेखि जंगलमा हराइरहेका चन्द्रपुर ६ चिम्नीटोलका २८ वर्षीय संगम भण्डारीलाई खोज्न गएकालाई राती बाघले आक्रमण गरेको हो ।

हराइरहेका युवकलाई पनि बाघले आक्रमण गरेको हुनसक्ने गाउँलेको अनुमान छ। बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ वर्षीय अशोक थापा , ३५ वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् ।

घाँस लिन गएका भण्डारी दिउँसोदेखि हराएपछि गाउँका १०/१२ जना युवाहरु राती खोज्न गएका थिए । खोज्न गएका युवालाई सतेरी जंगलको तीनकुवा जंगल क्षेत्रमा बाघले आक्रमण गरेको स्थानीयले बताए।

बाघको आक्रमणबाट पाखुरा,छाती, हातमा चोट लागेको छ। हराएका भण्डारीको बुधबार बिहानसम्म अवस्था अज्ञात छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.