मकालु बेस क्याम्प घुम्न गएका श्रेष्ठको मृत्यु
खाँदबारी : संखुवासभा सदरमुकाम खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न पुगेका एक युवकको मृत्यु भएको छ। बेस क्याम्प घुम्न गएका खाँदबारी नगरपालिका–१, का २४ वर्षीय विवेक श्रेष्ठको फर्किने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
बाटैबाट सामान्य बिरामी हुँदै गएका श्रेष्ठको शुक्रबार राती सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी जानकी पोखरेलले बताए। मृत्तकको शव आइतबार बिहन हेलिकप्टरबाट खाँदबारी ल्याइएको छ। सनिबार नै घटनास्थलतर्फ शव दिन हेलिकप्टर गएको भए पनि आइतबार बिहान खाँदबारी ल्याइएको हो।
शवको पोष्टमार्टम गरिने जिल्ला प्रहरी प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिए। डिएपी मल्लले श्रेष्ठको लेक लागेर मृत्यु भएको हुन सक्ने बताए। ७ जना युवाको टोली गत १२ गते खाँदबारीबाट बरुण उपत्यका घुम्न गएका थिए। लकडाउनको समयमा मात्र धैरे आन्तरिक पर्यटक मकालु बेसक्याम्प र शिवधारा घुम्न गएका छन्।
प्रतिक्रिया दिनुहोस !