संक्रमित बालिकालाई अस्पतालले गर्‍यो डिस्चार्ज, बाटोमै मृत्यु

संक्रमित बालिकालाई अस्पतालले गर्‍यो डिस्चार्ज, बाटोमै मृत्यु

इलाम : अस्पतालले डिस्चार्ज गरेको केहि समयमै बालिकाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाको अवस्था झनै साह्रो भएपछि विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको थियो।

चौबिस दिन अघि विराट मेडिकल कलेजमा भर्ना गरिएकी ती बालिकाको दुबै मृगौलाको काम गर्न छोडेको थियो। खुट्टादेखि टाउकोसम्म सुनिएकी उनलाई ४ दिन अघि कोरोना पोजिटिभ पुष्टि भएपछि अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको थियो। उनका अभिभावकले भने ‘एक दिन राखिदिन अनुरोध गर्दा पनि अस्पतालले मानेन।’ उनको राति ११ बजे घर फर्काउने क्रममा मृत्यु भएको परिवारले जनाएको छ। 

कोभिड १९ देखिएपछि पनि चार दिन अस्पतालमै राखिएकी बिरामीलाई शुक्रबार साँझ रोगले झनै चापेपछि अस्पतालले डिस्चार्ज दिएको परिवारले जनाएको छ। डिस्चार्ज दिएको बिरामीलाई कोभिड अस्पतालहरुले समेत बेड नभएको भन्दै राख्न नमानेपछि परिवाले बालिकालाई घरै फर्काएको थियो।

घर फर्कनेक्रममा बालिकाको मृत्यु भएको परिवारले जनाएको छ। अस्पतालले अन्तिम अवस्थामा अन्यत्र लानु भन्दै डिस्चार्ज दिएपछि परिवारले घरै फर्काएको जनाइएको छ। मृतक बालिकाको शवको व्यवस्थापनका लागि काम शुरु गरेको सूर्योदयन नगरपालिकाको स्वास्थ उपसमितिका प्रमुख पेमा उगेन लामाले बताए। कोभिड भएको बिरामीलाई अस्पतालले डिस्चार्ज दिनुनै गलत भएको अध्यक्ष लामाले बताए।

यो घटनापछि अस्पतालहरुपनि मानविय संवेदनालाई बिर्सेर आफ्नै बचाउमा मात्रै लागेको स्थानीयको आरोप छ। एक स्थानीयले भने ‘बाँच्नलाई अस्पताल र डाक्टर नपाउने अबस्था आउनु गम्भीर हो।’ त्यसमा पनि रोग लागेको थाहा पाउने बित्तिकै अस्पतालबाट हटाउने अवस्था गलत भएको उनको भनाई छ। यस अघि टनसिल भएका एक बिरामीलाई कोरोना पुष्टि भएपछि झापाको वि एण्ड सी अस्पतालले डिस्चार्ज गरिदिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.