दसैंको कोशेली 'मसला' लिएर आए सुनिल र एलिना (भिडियो)

दसैंको कोशेली 'मसला' लिएर आए सुनिल र एलिना (भिडियो)

काठमाडौं : लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित डान्सर सुधिर श्रेष्ठ, नायिका जेबिका कार्की र हाँस्यकलाकार बुद्धि तामाङको सशक्त अभिनय रहेको छ ।

सुनिलले दसैंको अवसरमा बजारमा ल्याएको मसलामा नयाँ कलाकार विशाल रेग्मीको पनि अभिनय देख्न सकिन्छ ।नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहारलाई समावेश गरेर आफैंले निर्देशन गरेका छन् ।

प्रेम रोमान्स र यौन मनोवैज्ञानिक विषयलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको गीतमा भट्टीमा आउने ग्राहकहरु जिस्किंदै गर्ने ब्यबहरालाई देखाइएको छ ।गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियो सुनिलकै कन्सेप्टमा तयार भएको हो । 

सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । विकास दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.