पाल्पामा कोरोना संक्रमित दुईजनाको मृत्यु

पाल्पामा कोरोना संक्रमित दुईजनाको मृत्यु

पाल्पा : पाल्पाको एक अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचाररत कोरोना संक्रमित एकजना महिला र पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।  

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिकाकी ३ की ६९ वर्षीया महिला र रुपन्देही तिलोत्तमा नगरपालिका ३ का ७४ वर्षीया पुरुष रहेका छन् । दुबै कोरोना संक्रमितको सोमबार राती मृत्यु भएको हो । पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा परी उपचारको लागि मेडिकल कलेज ल्याएको थियो। केही संकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको थियो । 

तिलोत्तमा नगरपालिका ३ का ७४ वर्षीय पुरुषमा कोरोना संक्रमण पछि स्वासप्रश्वासको समस्या बढ्दै गएपछि रुपन्देहीमा अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई पाल्पाको लुम्बिनी मेडिकल कलेज तानसेनमा असोज ४ गते भर्ना गरिएको थियो । 

पाल्पामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा  ८ सय ५८ जना निको भएका छन भने २ सय ३२ जना सक्रिय संक्रमित छन् । पाल्पामा कोरोना संक्रमितमध्ये हालसम्म १० जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.