होमियोप्याथीमा मानसिक समस्याको उपचार

होमियोप्याथीमा मानसिक समस्याको उपचार

महामारीका रूपमा फैलिएको कोभिड– १९ को परिवर्तनशील हुने लक्षण, संक्रमणता, भयावह स्थिति हेर्दा हालसम्म औषधोपचार तथा भ्याक्सिनको ठोस विकास हुन सकेको छैन। यस अवस्थामा व्यक्ति, परिवार एवं समाजमा मानसिक स्वास्थ्य सम्भावना बढ्नु स्वाभाविक हो। कोरोना कालमा मानिसले स्वाभाविक जीवनबाट फरक परिस्थितिको सामना गर्नु परिरहेको छ। यसले जनमानसमा डर, त्रास भय र चिन्ता बढाउनुका साथै हाम्रो शरीरमा रहेको इन्डोक्राइन्ड ग्लान्डको हर्मोन्सको सेक्रसनमा घटबढ हुन जान्छ। व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्यमा प्रत्यक्षरूपले प्रभाव पार्छ। व्यक्तिको बानी तथा व्यवहारमा परिवर्तन आउन सक्छ। वास्तवमा कोरोना महामारीले नेपाल मात्र होइन, विश्वका मानिसको मानसिक स्वास्थ्य बिगारिदिएको छ।

एंगजायटी :सबैलाई आफ्नो तथा आफन्तको स्वास्थ्य चिन्ता बढी छ। व्यापारीलाई व्यापारको चिन्ता छ। कर्मचारीलार्य अफिस, मिल, कलकारखानाबाट जागिर छुट्ने चिन्ता छ। बालबालिका, वृद्धवृद्धा एवं दीर्घरोगीहरू पनि चिन्तित देखिन्छन्। कतिपयमा शरीरमा कम्पन आउनु, मुटुको धड्कन बढ्नु, हृदयघात, मस्तिष्कघात हुनु, निद्रा नलाग्नु आदि समस्या देखिएका छन्।

अवसाद : कतिपयमा अवसाद या डिप्रेसन देखा परेको छ। मुड खराब रहनु, निद्रा नलाग्नु, रिस उठ्नु, झर्को लाग्नु, दुःखी हुनु, एकान्तमा बस्नु, भोकप्यासको क्रमभंग हुनु या भोक लाग्नु, जीवनप्रति हतास हुनु, अपराध बोध हुनु, जिन्दगी नै बोझ लाग्नु, काममा रुचि नहुनु, निद्रा नलाग्नु या बढी निद्रा लाग्नु आदि समस्या देखा परेका छन्।

अबेसिस कम्पलसिभ डिसअर्डर :शंकालु हुनु, काल्पनिक भयले बारम्बार हात धुनु, लुगा धुनु, नुहाउनु, बाहिरबाट आउने सदस्यलाई नुहाउन लगाउनु, सोच्ने र सम्झिने क्षमतामा कमी महसुस गर्नु आदि यसका लक्षण हुन्। चिन्ताजनक अवस्थाले सामान्य दिनचर्यामा परिवर्तन ल्याउँछ। व्यक्तिको रक्तचाप या डायबिटिज एक्कासि बढ्न सक्छ। बोली, भाषा र व्यवहारमा उग्रता या अधिरता देखिन सक्छ। कहिलेकाहीं त रोगीमा नकारात्मक विचार अति प्रबल हुन थाल्छ। यस अवस्थामा केहीले त आत्महत्या पनि गर्न सक्छन्।

कुनै पनि रोगीको उपचार गर्दा शारीरिकका अलावा मानसिक लक्षणलाई प्राथमिकता दिइने भएकाले होमियोप्याथी पद्धतिबाट कोरोना कहरका कारण उत्पन्न मानसिक समस्याको सफलतापूर्वक उपचार हुन्छ।

यस्तो परिवर्तन देखा परेको छ भने डराउनुपर्ने छैन। यसलाई नियन्त्रण गर्न सकिन्छ। मिडियामा कोरोना भाइरसबारे पाइने जानकारी एवं सूचनामा ध्यान दिनु हुँदैन, बरु घरपरिवारका सदस्यसँग बसेर सकारात्मक विषयमा छलफल गर्नुस्। एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक डाक्टरसँग सल्लाह लिनुस्। फेसबुक, ह्वाट्सएपजस्ता सञ्जालमा पोस्ट् भएका अप्रामाणिक हल्लालाई सत्य नठान्नुहोस्। संयमित भई अनुशासनमा बस्नुस् र बस्न लगाउनुस्। आफन्तसँग फोनबाट सकारात्मक संवाद गर्नुस्। सके हिँडडुल गर्ने र समय नहँुदा फोन, मोबाइल तथा इन्टरनेट (अनलाइन) को माध्यमले परिवार तथा साथीभाइसँग भलाकुसारी गर्ने गर्नुस्। यसले जीवनप्रतिको विश्वास जगाउँछ। सद्भाव बढ्छ।

रुचिअनुसारका क्रियाकलाप जस्तै– गीत गाउनु, पेन्टिङ गर्नु, खाना बनाउनु, डायरी लेख्नु, मन पर्ने गीत सुन्नु, लेखनकार्य, सेवा कार्य, सरसफाइ आदिमा मन लगाउनुस्। एक्लोपनलाई हाबी हुन दिनु हुँदैन। नियमित रूपले योग, व्यायाम, प्राणायाम तथा ध्यान गर्ने गर्नाले पनि धेरै लाभ मिल्छ। बिहानबेलुका समयअनुसार घरको छतमा टहलिने गर्नुपर्छ। अध्ययन–अध्यापन, चित्रकारी वा मनपर्ने कार्यमा व्यस्त रहनुपर्छ। यति गर्ने हो भने पनि अधिकांश समस्या सजिलै सुल्झिन सक्छन्।

सल्लाह र सुझाव :कोरोना महामारीले जनमानसको दैनिकी नै परिवर्तन भएको छ। सामान्य मानिसमा पनि डर, त्रास र तनाव तथा डिप्रेसनजस्तो मनोसामाजिक समस्या बढेको देखिन्छ। अर्कातिर कोरोनाबाट पीडितका घरपरिवारमा पनि तनाव बढेको देखिन्छ। लगातार उदास रहिरहनु, बेचैनी महसुस गर्नु, मुड खराब भइरहनु, चाहेको काम गर्न नपाउनु आदि समस्या देखिँदा बिरामी थप निराश हुन पुग्छन्। यस अवस्थामा मनोविद् वा मनोपरामर्शदाता (काउन्सलर) सँग फोन र अनलाइनमार्फत परामर्श लिनुपर्छ। समयमै उपचार गरे भविष्यमा जटिल मानसिक अवस्थाको सामना गर्नुपर्दैन।

होमियोप्याथी चिकित्सकबाट मानसिक समस्याबाट पीडितको सफलतापूर्वक उपचार हुन्छ। होमियोप्याथीमा कुनै पनि रोगीको उपचार गर्दा शारीरिकका अलावा मानसिक लक्षणलाई प्राथमिकता दिइन्छ। होमियोप्याथी फिलोसफीअनुसार उपरोक्त सायकोटिक परिस्थितिले व्यक्तिको शारीरिक क्रियामा अवरोध गरी अस्वाभाविक मानसिक एंव शारीरिक लक्षण उत्पन्न गर्छ।

माथि उल्लेख गरिएका मानिसक रोगलाई सायिकोसोमेटिक डिसअर्डर भनिन्छ। यस्ता समस्यामा ऐन्टिकसोरिक रेमिडिज (होमियोप्याथिक औषधि) जस्तै– आर्जेन्टम नाइट्रिकम, पल्साटिला, एकोनाइट, जेल्समियम, कालिफोस, आराम मेटालिकम, कलकेरिया कार्ब, ब्रायोनिया, हिपरसल्पर, सल्फर, सिफिलिनम, रसटाक्स आदिलाई रोगीको मानसिक लक्षणका आधारमा प्रयोग गर्न सकिन्छ। यी औषधि योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग परामर्श गरी उपयोग गर्नु उचित हुनेछ।

–मिश्र होमियोप्याथिक चिकित्सक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.