हायस दुर्घटना : एकको मृत्यु, पाँच घाइते
दमौली : दमौलीबाट मानुङतर्फ जाँदै गरेको यात्रुवाहक हायस भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका गगनगौडा निवासी करिब २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो।
घटनालगत्तै उद्धार गरिएकी उनको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए। अरु पाँच घाइते छन्।
बुधबार बिहान सवा ४ बजेतिर उकालो लाग्दै गरेको ग १ ख २९४२ नम्बरको हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक भएको थियो। सोही क्रममा ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शी अनुप आलेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !