पाँचखपनमा राखेको बम डिस्पोज

पाँचखपनमा राखेको बम डिस्पोज

संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिकाको वाना–खाँदबारीमा राखेको बम सेनाले डिस्पोज गरेको छ । पाँचखपन–४ फापुङमा वाना–खाँदबारी सडक खण्डमा अज्ञात समुहले राखिएको बम बिहीबार बिहान डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोश बुढाथोकीले जानकारी दिए । 

सदरमुकाम खाँदबारीबाट गएको बराह दल गुल्मको सेनाको टोलीले बम निस्कृय पारेको हो । स्थानीयले बुधबार साँझ शंकास्पद वस्तु देखिपछि प्रहरीलाई खबर गरेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।

खाँदबारी–वाना सडक खण्डमा शंकास्पद वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । सडकमा बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको प्रहरी उनले बताए । 

गत मंसिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव कार्यकताबीच गोली हानाहान भएको थियो । घटना पछि त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.