छठको उल्लास : आज अस्ताउँदो सूर्यलाई ‘सझुका अर्घ’ दिइने

छठको उल्लास : आज अस्ताउँदो सूर्यलाई ‘सझुका अर्घ’ दिइने

जनकपुरधाम : धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठ अन्तर्गत आज अस्ताउदो सूर्यलाई अर्घ दिइने भएको छ। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने छठ अन्तर्गत आज ‘सझुका अर्घ’ दिइने भएको छ।

पछिल्लो समयमा छठ तराई मधेश मात्र नभई देशकै महत्वपूर्ण पर्वको रुपमा परिचित हुँदै राजधानी काठमाडौंमा समेत भव्यतापूर्वक मनाइँदैछ। चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’भन्ने गरिन्छ।

खासगरी महिलाहरुले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसंगै चोखो चनाखो भएर सम्पूर्ण विधिहरु गर्नुपर्ने मान्यता रही आएको जनकपुर उप–महानगरपालिका-१४ बस्ने सुनिता सिंह महतो बताउँछिन्। 

छठ पर्वको दोश्रो दिन ‘खरना’विधिको तयारी गरिन्छ। समाजिक सद्भाव एवं उल्लसाको पर्व छठको दोश्रो दिन ब्रतालुहरुले रातिमा मिठा (सख्खर) मा बनाइएको खीर खाएको विधिलाई ‘खरना’भन्ने गरिन्छ। 

भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकलअनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा छ। छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा छ। तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ। 

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्नहुने परम्परा छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’भनिन्छ। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ।

तराई मधेशको जिल्लाहरुमा छठ पर्व कार्तिक तथा चैत महिनामा मनाउने परम्परा रहेको छ। दुवै छठ पर्वको हिन्दु धर्ममा विशेष महत्व रहेको साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन्। तथापि चैते छठभन्दा कार्तिक छठ मनाउनेको संख्या अत्यधिक मात्रामा हुने गंगासागर पोखरी अभियानएवं सांसद रामअशिष यादवको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.