दाङमा कोरोनाले एकै दिन तीन जनाको मृत्यु
दाङ : कोरोना संक्रमणबाट दाङमा थप तीन जनाको मृत्यु भएको छ। शुक्रबार बाँकेमा उपचार गराइरहेका तुलसीपुर उपमहानगरपालिकाका तीन संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा तुलसीपुरमा उपमहानगरपालिका–१६ का २६ वर्षीय पुरुष, ११ नम्बर वडाका ४५ वर्षीय र ५ नम्बर वडाका ८१ वर्षीय पुरुष छन्।
२६ र ४५ वर्षीय पुरुषको भेरी अस्पताल र ८१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए।
योसँगै तुलसीपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ भने जिल्लाभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।
दाङमा अहिले कोरोनाका सक्रिय बिरामी ३८५ रहेका छन्। जिल्लामा अहिलेसम्म ३ हजार १ सय ७० जनामा संक्रमण देखिएको छ भने संक्रमण मुक्त हुनेको संख्या २ हजार ७५३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस !