औंसा किराले सुन्तला सखाप

औंसा किराले सुन्तला सखाप

बेनी : गत वर्ष एक लाख रुपैयाँको सुन्तला बेचेका म्याग्दीको बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाको बगैचामा यसपालि ७० हजार पनि उत्पादन नहुने अवस्था छ। 

‘पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा (औंसा) परेर झर्न थालेको छ’, उनले भने, ‘फल दिने नयाँ बोट थपिए पनि गाउँभरी सुन्तला झरेर सखाप भयो।’ गत वर्ष १ लाख ५० हजार रुपैयाँको सुन्तला बेचेका मालिका गाउँपालिका–७ बिम लुरबाङका कृष्ण सापकोटाको २०० बोटका सुन्तला झरेर भूइँभरी छ। ‘झरेको सुन्तला दिनभरि संकलन ग¥यो, फेरि भोलिपल्ट उस्तै हुन्छ’, उनले भने, ‘पाक्ने बेलामा सुन्तला झरेर सकिन थाल्यो।’

मरेकका थापा र लुरबाङका सापकोटाको मात्र नभएर म्याग्दीका अधिकांश बगैचामा फलेको सुन्तला झर्ने समस्या देखिएको छ। सुन्तलाको बोट सुक्ने र दाना झर्ने समस्याले ठूलो क्षति भएको बेनी नगरपालिका–४ बास्कुनाका नरबहादुर हुमेनले बताए। कात्तिकको अन्तिम हप्तादेखि सुरु भएको सुन्तलाको दाना झर्ने समस्या नरोकिएको कृषकले बताएका छन्। म्याग्दीको मुख्य निर्यातयोग्य कृषि उपज सुन्तला हो। सुन्तला खेतीबाट जीविकोपार्जन गर्दै आएका कृषक चाइनिज सिट्रोस फ्रुट फ्लाई (दाना झर्ने) र सिट्रोस ग्रिन रोगका कारण चिन्तित छन्। तीन वर्षअघि नेपालमा भित्रिएको चाइनिज सिट्रोस फ्रुट फ्लाई रोग यसपालि म्याग्दीको सुन्तला खेतीमा प्रमुख समस्याको रुपमा देखिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताए। 

‘सुन्तला जातका फलफूलको दानाभित्रको औंसाले असोजदेखि पुससम्म दानालाई पहेलो बनाई आफूसँगै भूइँमा खसाल्छ’, उनले भने, ‘यो समस्याले सुन्तला उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरेका छौं।’ 

भूइँमा खसेको औंसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने, गाईबस्तुलाई खुवाउने र डेढ फिटभन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्न उनले सुझाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.