अरुण तेस्रोका मजदुर आन्दोलित

अरुण तेस्रोका मजदुर आन्दोलित

खाँदबारी : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन्। सोमबार बिहानैदेखि मजदुर आन्दोलित हुँदा अरुण तेस्रोको ड्यामसाइट फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको हो। 

अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायत ड्यामसाइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ। 

ड्यामसाइटका मजदुरले भौतिक पूर्वाधार कार्यालय संखुवासभाले निर्धारण गरेको दररेटअनुसार ज्याला नदिएको, आठ घण्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै कार्यालय घेराउ गरेका छन्।  निर्माण कम्पनीले लामो समयदेखि मजदुरको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरलाई काम नदिएकोलगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असुन्तष्टि जनाउँदै पटक पटक  काम अवरुद्ध गर्दै आएका छन्।

वर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुर धनश्याम कार्कीले बताए। 

यता संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले अरुण तेस्रोको ड्यामसाइटको काम अवरुद्ध नभएको भन्दै बचाउ गरेका छन्। प्रजिअ आचार्यले कार्यरत मजदुरले ज्याला बढाउन माग राखेको भए पनि काम अवरुद्ध नगरेको बताए। भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो परियोजनाको गत कात्तिक २६ गते प्रधानमन्त्री केपी ओलीले स्थलगत अनुगमन गरेका थिए। 

अरुण तेस्रो परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ। आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण गर्न लागिएको हो। मकालु–५ फ्याक्सिन्दा दोभानदेखि ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका–२ को पुखुवामा विद्युत् गृहस्थल रहनेछ। पावरहाउस पुखुवामा भारतीय पटेल इन्जिनिरिङ कम्पनीले काम गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.