जिल्ला दररेट अनुसार पारिश्रमिक दिने सहमतिपछि अरुण तेस्रोको काम सुरु
संखुवासभा : संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविधुत् आयोजनामा काम गर्ने कामदार र आयोजना बीचको वार्तापछि बुधबार दिउँसो बाट काम सुरु भएको छ। समान ज्याला र बिना कारण मजदुरहलाई कामबाट निकाल्ने काम बन्द गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेर कामदारले सोमबारबाट आयोजनाको काम अवरुद्ध पारेका थिए। मागहरु पुरा न भएको भन्दै आयोनाको ड्यामसाइड निर्माणस्थल मकालु-५ का कामदार आन्दोलित भएका हुन्।
कामदारले समान कामको समान ज्याला र जिल्ला दररेट अनुसार तलब नपाएको गुनासो गर्दै पटकपटक पारिश्रमिक बढाउनु पर्ने माग कामदारको रहेको थियो। तलब बढाउनु पर्ने माग राख्र्दै मजदुरले सोमबारदेखि आन्दोलन गर्दै काम अवरुद्ध गरेपछि कामदार सँग आयोजनाले छलफल सुरु गरेको थियो।
छलफमा स्थानीय जनप्रतिनिधि, प्रशासन, निर्माण कम्पनी र मजदुरबीच बसेको छलफलले जिल्लामा चलेको दरअनुसार तलबभत्ता दिने सहमतिपछि बुधबार बाट आयोजनाको काम सुरु भएको हो।
सहमतिमा ८ घण्टामाथि काम गर्नेलाई १ दशमलश ५ प्रतिशतले ओभरटाइम दिने, जुनसुकै कामदारलाई काम बिगारेको खण्डमा स्पष्टिकरण सोध्ने र सफाईको एकपटक मौका दिएर मात्रै कामबाट निकाल्ने समझदारी भएको छ।
त्यसैगरी महिनाको अन्त्यमा तलबभत्ता बैंक खातामा जम्मा गर्ने लगायत बुदाँमा सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। कामदारको समयमा पारिश्रममिक नदिएको र काम अनुसारको तलब भत्ता नदिएको गुनासो राख्दै आएका दिए।
संखुवासभा जिल्ला दररेट अनुसारःदक्ष मजदुरले ९ सय ४० रुपैयाँ, अर्धदक्षले ७ सय ७५ रुपैयाँ र ज्यामीले ६ सय ५० रुपैयाँ पाउनु पर्ने व्यवस्था निर्धारण गरेको छ। श्रमिकले ८ घण्टाको डियूटी गर्ने भनि नियुत्ति दिए पनि दैनिक १२ घण्टासम्म काम लाएको गुनासो गरेका छन्। काम बढी लगाए पनि पारिश्रमीक भने सम्झौता अनुसारको मात्र दिएको उनीहरुको गुनासो रहेको छ। काम अनुसारको तलबको माग गर्दा धेरै कामदारले कामबाट समेत निस्कासित हुन परेको थियो। अरुण तेस्रो सुरुङमार्ग निर्माण लगायतका ड्यामसाइडको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले काम गरिएको छ।
साप्ताहिक, पाक्षिक र मासिक रुपमा पाउने बिदा दिने, बिरामी बिदा दिने र बिना कारण मजदुरहलाई कामबाट निस्कासन गर्न नहुने माग राख्दै मजदुर आन्दोलित भएको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले बताए।
कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन सुरु गर्ने लक्ष लिएको छ। अरुण तेस्रो जलविधुत्को निर्माणको काम भारतीय सतलज जलविद्युत निगम (एसजेभिएन)ले गरिरहेको छ। ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण हुनेछ। मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुणतेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा पावरहाउस निर्माण कार्य भइरहेको छ। पावरहाउस पुखुवामा भारतीय पटेल इन्जिनिरिङ कम्पनीले काम गरिरहेको छ।
स्थानीय र आयोजना विच पनि सम्झौता
आयोजना विकास सम्झौता (डीपीए) अनुसार आयोजनाको काम नहुँदा स्थानीय पनि सन्तुष्ट छैनन्। अरुण तेस्रो आयोजनमा ७ हजार नेपाली कामदरलाई रोजगारी दिने उल्लेख छ। तर अहिले आयोजनामा नेपाली कामदार थोरैमात्र रहेका छन्।
स्थानीयससँग भएको छलफमा स्थानीयलाई आयोजनाको काममा प्राथमिकता दिने सहमति भएको छलफमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणिा घिमिरेले जानकारी दिए। स्थानीय पालिकामा भएका दक्ष, अध्यक्ष कामदारको विवरण पठाई आयोजना मकालु गाउँपालिका विच स्थानीय कामर लगाउने विषयमा समन्वय गर्ने सहमति गर्ने प्रतिवद्धता भएको छ।
अरुण तेस्रो आयोजनाको काम सुरु भएसँगै स्थानीय स्तर दुई दर्जन बढी निर्माण व्यवसायी कम्पनीहरु खोलिए पनि उनीहरुले आयोजनामा काम पाएका छैनन्। काम पाएका निर्माण कम्पनीहरु पनि समयमा रकम भुत्तानी नहुँदा थप काम नगर्ने पक्षमा रहेका छन्। काम सम्पन्न भएको महिनौ दिनसम्म रकम भुत्तानी नहुँदा थोरै पुँजी भएका व्यवसायी कामदार र निर्माण सामाग्रीको रकम भुत्तनी गर्न समेत सक्दैनन्। निर्माण व्यवसायीले रकम नपाउँदा कामदार र व्यापरीहरु समेत मारमा पर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !