विवाह खर्च कटौती गरी अक्षयकोष स्थापना

विवाह खर्च कटौती गरी अक्षयकोष स्थापना

संखुवासभा: खाँदबारी नगरापलिका–८ का स्थानीय पवन बजागाईँले वैवाहिक जीवनको शुभारम्भको अवसरमा अक्षयकोष स्थापना गरेका छन् ।

नेपाली सेनामा कार्यरत बजगाईँले विवाहको खर्च कटौती गरेको रकमले अक्षयकोष स्थापना गरेका हुन् । बजगाईँले बरुण बहुमुखी क्याम्पस खाँदबारीमा १ लाख २५ हजार ५ सय २५ रुपौयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

उनले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाईँ’अक्षयकोष स्थापना गरेका हुन् । दम्पती पवन र समीक्षाले विवाहकै दिन एक कार्यक्रम गरी क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई रकम हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बजगाईँले बताए । बजगाईँले भने‘विवाहका लागि छुट्याएको रकम कटौती र टीका लगाएर जम्मा भएको रकमबाट गरिव विद्यार्थीको भविश्य उज्वल बनोस् भनेर कोषको स्थापना गरेको हुँ ।’

आफू नेपाल आर्मीमा कार्यरत रहेकाले सैनिक र नागरिक सम्बन्ध विस्तारमा समेत सहयोग पुर्‍याउने लक्षले कोष स्थापना गरेको पनि उनी बताउँछन् ।

त्यसैगरी जिल्ला स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि हजुरआमा भद्रमायाको नाममा ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेका हुन् । विवाह सुरुवातकै अवसरमा बजगाईँले महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्यामा अध्ययनरत सुस्त श्रवण तथा बहिरा श्रोत कक्षाका विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.