भरोसायोग्य प्लाज्माथेरापी ?

भरोसायोग्य प्लाज्माथेरापी ?

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित वीर र नोबेल अस्पतालका दुई चिकित्सकको अवस्था बिग्रिएर निमोनिया भई गम्भीर बनेकामा रेमडिसिभिर तथा प्लाज्मा थेरापीपछि स्वास्थ्यमा उल्लेखीय सुधार भयो। यसअघि पहिलोपटक विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई प्लाज्माथेरापीबाट उपचार गरिएको थियो।

प्लाज्माथेरापी
यो उपचार विधि सन् १८९० मा पहिलोपटक गरिएको र विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा ईबोलाको उपचारमा सिफारिस गरेको थियो। त्यस्तै स्पेनिस फ्लु, सन् २००९ को एच१एन१ मा पनि प्लाज्माथेरापी प्रयोग गरिएको थियो। जर्मन भौतिकशास्त्री एमिल भोन बेहरिनले पत्ता लगाएको प्लाज्माथेरापी उपचार विधि हो। कोभिडमा श्वासप्रश्वासमा समस्या भई अंगमा क्षति पुग्न लागेको अवस्थामा अन्तिम उपचारका रूपमा भएकालाई दिने प्लाज्मा निको भएको दुई हप्तादेखि तीन महिनासम्म दुई हप्ताको फरकमा चार सय एमएलले तीनदेखि चारजना संक्रमितलाई एन्टिबडी पुग्ने गरी दिन सकिन्छ। प्लाज्मालाई माइनस २० डिग्री तापक्रममा ६ महिना र माइनस ४० डिग्री तापक्रममा एक वर्षसम्म सञ्चय गरी प्रयोग गर्न सकिन्छ।

प्लाज्मा दिँदा पनि १३ प्रतिशत बिरामीको मृत्यु भएको छ तर केही खोजमा प्लाज्माथेरापीले काम नगरेको पनि देखिन्छ। तसर्थ खोप नबन्दासम्म प्लाज्माथेरापी कामचलाउ उपचार हो।

 प्लाज्माथेरापी नौलो प्रविधि होइन, एक शताब्दीपहिले नै भ्यागुते रोगमा काम लाग्छ भनेर प्रमाणित गरेकाले इमिल भन बेहरिङले चिकित्साशास्त्रतर्फको पहिलो नोबेल पुरस्कार पाएका थिए। समयक्रमसँगै धनुष्टंकार, इन्फ्लुएन्जा, सार्स, स्वाइन फ्लु र ईबोला संक्रमणविरुद्ध प्लाज्माथेरापी प्रयोग गरिएको छ।

अमेरिकाको खोज र अनुमति
अमेरिकाको एफडीएले जोखिमभन्दा फाइदा नै बढी भएकाले आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्माथेरापीबाट गर्ने अनुमति अगस्त २३ मा प्रदान गरेको छ। राष्ट्रपति ट्रम्पले वास्तवमै चिनियाँ भाइरसविरुद्धको हाम्रो लडाइँमा प्लाज्माथेरापीले अनुमति पाउनु ऐतिहासिक बताएका थिए। मृत्यु ३५ प्रतिशत कम गर्ने र निको भइसकेपछि प्लाज्मा दान गर्न तथा चाँडै खोप निर्माण हुने पनि राष्ट्रपतिले बताएका थिए। अमेरिकाको मेयो क्लिनिकका अनुसन्धानदाताहरूले कोभिड– १९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा संक्रमितको उपचारमा निकै फलदायी रहेको जानकारी दिए पनि प्रामाणिक थिएन। प्लाज्मा दिइएकामा मृत्युदर ज्यादै न्यून छ। भाइरससँग लड्ने क्षमता कमजोर भएर एन्टिबडीको 

सख्त जरुरी परेका बिरामीलाई प्लाज्माथेरापीले धेरै मद्दत गरेको छ।

करिब एक सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक एमिलवान बेहरिङले टिटानस र डिप्थेरियाको उपचार प्लाज्माथेरापी पद्धतिबाट गरेका थिए। उनले प्लाज्माको सक्रिय पदार्थलाई एन्टिबडीको नामसमेत दिए। कोभिडका लागि भने सबैभन्दा पहिले चीनमा खोजिएको थियो। भारतलगायतका मुलुकमा थेरापीको उत्साहजनक परिणाम छ। कोभिड– १९ विरुद्ध प्रभावकारी खोप नबनेसम्म प्लाज्माथेरापी प्रभावकारी उपचार सावित हुन सक्छ। रोगविरुद्ध बनेको एन्टिबडी नै उपचारमा भाइरस मार्न प्रयोग गर्ने हो।

प्लाज्मा दान तथा बैंक
एन्टिबडी टाइटर ६४ भन्दा माथि, संक्रमण भएको २८ दिनपछि वा नेगेटिभ आएको १४ दिनदेखि तीन महिनासम्म प्लाज्मा दान गर्न सकिन्छ। संकलित प्लाज्मा एक वर्षसम्म प्रयोग गर्न सकिन्छ। थेरापीको सफलता दुईदेखि चीन र नेदरल्यान्डमा ५० प्रतिशत र औसतमा २३ प्रतिशत सफल देखिएको छ भने नेपालमा चार प्रतिशत। अक्सिजनको मात्रा ९३ प्रतिशत कम, आईसीयूमा भर्ना, पल्स र रेस्पिरेसन रेट ३० प्रतिमिनेट बढी वा सास फेर्न गाह्रो र अंगहरूमा क्षति पुगेको लक्षण तथा चिह्नहरू गरी पाँच मापदण्डका आधारमा प्लाज्माथेरापी चलाइन्छ।

आमा बनिसकेका र गर्भवतीले प्लाज्मा दान गर्न सक्दैनन्। त्यसो गर्दा टीआरएएलआई रक्तसञ्चारसँग सम्बन्धित एक्युट लङ इन्जुरी भई कोभिड– १९ का बिरामीको फोक्सोमा असर गर्छ। गर्भधारणपछि महिलाको भ्रूणमा पिताको अंशविरुद्ध एन्टिबडी बन्छ, जसलाई ह्युमन ल्युकोसाइट एन्टिजेन एचएलए भनिन्छ। जति बच्चा बढी त्यति नै यस्ता एन्टिबडी बढी। त्यस्तै उच्च रक्तचाप, मधुमेह, मुटु, फोक्सो, कलेजो र मिर्गौला रोगीको प्लाज्मा अनपयुक्त रहन्छ। प्लाज्माथेरापीका कारण कसैकसैमा रिएक्सनका कारण फोक्सोमा एक्कासि चोट पुग्न सक्छ। कोरोनामुक्त सुत्केरीको रगत अन्य संक्रमितलाई दिँदा यस्तो जोखिम बढी देखिएको छ।

नियन्त्रित उच्च रक्तचाप, सुगर, कम्तीमा ५५ किलो तौल, हेमोग्लोबिनको मात्रा १२.५,१८ देखि ६० वर्षका व्यक्तिले प्लाज्मा दान गर्न सक्छन्। कोभिड– १९ पूर्णरूपमा ठीक भएको अर्थात् अन्तिम दुई पीसीआर रिपोर्ट नेगेटिभ आएका, १४ दिनपछि दुई साताको अन्तरमा प्लाज्मा दान गर्न सक्छन्। २८ दिनपछि प्लाज्मा दान गर्न चाहेमा एन्टिबडी परीक्षण अनिवार्य छ। नेपालमा एन्टिबडी बने–नबनेको र कति मात्रामा बनेको नहेरी अँध्यारोमा तीर चलाइरहेको छ।

एनएचआरसीले अनुसन्धान गर्दै
कोभिड– १९ का बिरामीको प्लाज्माथेरापी विधिबाट उपचार गर्नेबारे अनुसन्धान गर्न कोरोना भाइरस संक्रमणबाट निको भएका बिरामीसँग रगत दान गर्न २०७७ असार ३० गते परिषद्ले आह्वान ग¥यो। राजधानीलगायत देशभरका १६ वटा अस्पतालको माध्यमले सुरु गरेको छ। निको भएको तीन सातासम्म प्लाज्मा दिन सक्ने भएकाले सूची तयार पार्दै सामान्य रक्तदानजस्तै दान र रक्तसञ्चारजस्तै प्लाज्मा सञ्चार रगत चढाउने हो।

सामाजिक व्यवहारमा सुधार
कोरोना संक्रमित तथा अन्यमा त्रास फैलिँदै गएकाले मनोबल बढाउन, हेप्ने, छिःछिः र दूरदूर गर्ने प्रवृत्तिले समाजमा लुकेर बसेकालाई दुव्र्यवहार होइन सम्मान गर्नुपर्छ भन्ने अभियान प्लाज्मा दान नै जीवनदान भन्दै नेपाल चिकित्सक संघले सुरु गरेको छ। प्लाज्मा दान गर्ने व्यक्तिलाई चिकित्सक संघले प्रशंसापत्रसहित दोसल्ला र मायाको चिनोले उच्च सम्मान गरिरहेको छ।

कोभिडबाट निको भएकाको रगतले अरू संक्रमितलाई बचाउन सकिने थाहा पाएपछि छरछिमेकको हेराइ एकाएक बदलेर सोधखोज, हाइहेलो र समाजमा घुलमिल गर्न थालेका छन्। अर्थात् प्लाज्मा दानले सामाजिक विभेद पनि हटाउन सहयोग गरेको छ। एकातिर लुकेर बसेका संक्रमितलाई समाजमा स्थापित गर्न सहज भएको छ भने अर्कातिर बिरामीका लागि प्लाज्माथेरापी गराएर बा“च्ने दर बढाउन सहयोग गरेको छ। स्वास्थ्यकर्मीबाट अघि आई सुरु भएको प्लाज्मा उपचार विधि कोभिड– १९ को उपचारको सबैभन्दा सस्तो उपचार विधि हो।

प्लाज्माथेरापी बन्ला त खोपको विकल्प
खोप र एन्टिभाइरल औषधि नबन्दासम्म उपचारमा एक आशाको किरण हो– प्लाज्माथेरापी। भाइरस संक्रमण निको हँुदा शरीरमा एन्टिबडी बनेको हुन्छ भन्ने मान्यता हो। १० देखि १४ दिनमा बन्ने एन्टिबडी नबन्दै वा बन्न सक्ने अवस्था नभएकामा निको भएकाको प्लाज्मा अर्थात् एन्टिबडी दिएर उपचार गरिन्छ। यसअघि पनि सार्स, मर्स, एच१एन१ जस्ता महामारीको उपचारमा पनि यो थेरापीको प्रयोग भएको थियो। हाल कोरोनामा पनि ८७ प्रतिशत बिरामी भएको समाचार छन्। अर्थात् प्लाज्मा दिँदा पनि १३ प्रतिशत बिरामीको मृत्यु भएको छ तर केही खोजमा प्लाज्माथेरापीले काम नगरेको पनि देखिन्छ। तसर्थ खोप नबन्दासम्म प्लाज्माथेरापी कामचलाउ उपचार हो।

अन्त्यमा, रेम्डेसिभिरलाई पनि विश्व स्वास्थ्य संगठनले प्रयोगमा रोक लगाएपछि नेपालका लागि प्लाज्माथेरापी वरदानसिद्ध हुन सक्छ। तथापि प्लाज्माथेरापीबाट प्रतिरोधात्मक शक्ति निस्क्रिय र अस्थायी हुने गरेकाले विश्व स्वास्थ्य संगठनले प्लाज्माथेरापीलाई आकस्मिक अवस्थाका लागि सिफारिस गरेको हो खोप नआइपुग्दासम्मका लागि।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.