भालुको आक्रमणबाट एकजना गम्भीर घाइते
खाँदबारी : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। आक्रमणबाट सिलिचोङ–३ मानेटारका १७ वर्षका अलकबहादुर राई घाइते भएको हुन्।
मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्रभित्र रहेको उक्त क्षेत्रमा वर्षेनि भालुको आक्रमण बढ्दो छ। भालुको आक्रमणबाट राईको अनुहार, टाउको र हातमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोश बुढाथोकीले जानकारी दिए। आक्रमणबाट घाइते भएका राईको खाँदबारीमा उपचार हुन नसेकेपछि थप उपचारका लागि सोमबार बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।
घर नजिकै बारीमा काम गर्दै गरेका १७ वर्षीय युवकलाई आइतबार बेलुका ४ बजे भालुले आक्रमण गरेको सिलिचोङ –३ वडाध्यक्ष प्रकाश सिंह तामाङले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !