प्रधानमन्‍त्री कप महिला क्रिकेट : लुम्बिनी र एपीएफकोे जित

प्रधानमन्‍त्री कप महिला क्रिकेट : लुम्बिनी र एपीएफकोे जित

दाङ : दाङको लमहीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । लमहीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको हो । 

पहिलो खेलबाट नै लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन् । लुम्बिनीले पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो । 

पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर २ ले पुरै ओभर खेलेर ७७ रन जोडेको थियो । ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ दशमलव १ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । लुम्बिनीकी गीता गोसाई ४२ बलमा २ चौकासहित २३ रनमा अविजित रहिन् । कप्तान नेरी थापा १३ बलमा २ चौकासहित १५ रनमा अविजित रहिन् । 

पहिलो विकेटका लागि गीता गोसाई र सरस्वती घर्ती मगरले १२ ओभरमा ५३ रनको साझेदारी गरेका थिए । सरस्वतीलाई कविता गौतमले २२ रनमा आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । उनले ४२ बलमा १ चौका प्रहार गरिन् । प्रदेश–२ की बलर कविता गौतमले १ विकेट लिइन् । 

त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिए । 

लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । स्वस्तिका बजागाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । 

दोस्रो खेल लुम्बिनीले आइतबार कर्णाली प्रदेशविरुद्ध खेल्नेछ । आइतबार प्रदेश नम्बर २ ले एपीएफसँग खेल्नेछ । 

शनिबार भएको दोस्रो खेल भने एपीएफले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबले कर्णाली प्रदेशलाई २ सय ४ रनले पराजित गरेको हो । एपीएफले दिएको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १४ ओभर १ बलमा अलआउट हुँदै जम्मा ३१ रनमात्रै जोडेको थियो । 
 
कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी करुणा भण्डारी एक्लैले ५ विकेट लिइन् भने राजमती भण्डारीले २, सोनु खड्का र रेखा रावलले १–१ विकेट लिए । 

पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । उसका लागि सीता रानामगरले सर्वाधिक ६८ रन बनाइन् भने सरिता मगरले ४४, ज्योति पाण्डेले ३२ र इन्दु बर्माले २२ रन बनाए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.