विष्फोटक पदार्थ बरामद

विष्फोटक पदार्थ बरामद

खाँदबारी : संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव समूहले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ। आइतबार प्रहरी र विप्लव समुहबीच भएको गोली हानाहान पछि त्यस क्षेत्रबाट प्रहरीले विष्फोटक पदार्थ सहित बन्दोबस्तीका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए।  

जिल्ला प्रहरी कार्यालयले बरामद गरेको सामग्री सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले जिलेटिन ५० थान, डेटोनेटर ३० थान, सकेट बम ४ थान सहितका सामाग्री बरामद गरेको डिएसपी मल्लले जानकारी गराए। टेन्ट दुई थान, मोबाइल ११ वटा, सैन्य प्रशिक्षण दस्ताबेज, लत्ताकपडा समेत बरामद गरेको छ। मैदानेस्थित जंगलको ओडारमा लुकाएर राखेको अवस्थामा उक्त सामग्रीहरु बरामद गरेको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गस्ती टोलीमाथि फायरिङ गरेपछि जवाफी फायरिङ गर्नुपरेको डिएसपी मल्लले बताए। विप्लव समूहका जिल्ला इन्चार्ज युवराज राईलगायतका नेता, कार्यकर्ता मैदानेमा रहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोली सर्च अभियान सुरु गरेको प्रहरीले जनाएको छ। उक्त घटनामा नेपाल प्रहरीले २ राउण्ड र शसस्त्र प्रहरीले १५ राउण्ड फायर गरेको डिएसपी मल्लले बताए। 

सुरक्षा स्थितिलाई मध्यनगर गरी नेपाल प्रहरीका इन्स्पेक्टरको कमान्डमा ३६ जना र सशस्त्र प्रहरीका १० जनाको टोली खटाइएको छ। जंगलको बीचमा उक्त गाउँ भएकाले विप्लव कार्यकर्ताले गतिविधि बढाएको प्रहरीले अनुमान लगाएको छ। त्यस स्थानमा आइतबार र मंसिर १ गते गरी दुई पटक प्रहरी र विप्लव समुहको गोली हानाहान भइ सकेको छ। दुवै घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.